Live

१६८ किसानलाई चारा मेशिन बाड्दै भेरीगंगा नगरपालिका

भेरीगंगा, असार ५- पशुपालक कृषकहरुलाई व्यवसायीक कृषिमा सहयोग गर्ने उद्धेश्यले भेरीगंगा नगरपालिकाले पशुपंक्षी शाखामार्फत १६८ कृषकलाई चारा मेशिन वितरण सुरु गरेको छ । भेरीगंगा नगरपालिका पशुपक्षी विकास शाखा र उपप्रमुख स्वरोजगार कार्यक्रम  अन्तरगत उक्त चारा मेशिन वितरण सूरु भएको हो ।

पालिकाले यो आर्थिक बर्षमा २०१ वटा ईलेक्ट्रिक र साधा चारा मेशिनमा १६८ वटा चारा मेशिन वितरण थालेको हो । बुधबार एक कार्यक्रमका बिच  नगर प्रमुख यज्ञप्रसाद ढकाल ,उप प्रमुख धनसरा बोहराले किसानलाई चारा मेशिन वितरण उद्घाटन गर्नुभएको पशुपंक्षी विकास शाखा प्रमुख भोजप्रसाद चपाईले बताउनुभयो । नगरपालिकाका उपप्रमुख स्वरोजगार, पशुपक्षी विका शाखा र वडा नम्बर ३ को बजेट गरि ३२ लाख ४० हजार बजेटमा टेण्डरबाट २६ लाख १६ हजारमा २०१ मेशिन उपलब्ध भएको हो ।

यो चालू बर्षमा कृषकलाई ईलेक्ट्रिक र साधा गरेर १६८ तत्काल र बाँकी पनि असार मसान्तभित्र वितण गरिने भएको छ । चारा मेशिन वितरण कार्यक्रममा बुधबार वडाअध्यक्ष गंगाबहादुर खत्री, जयबहादुर नेपाली, कार्यपालिका सदस्य शेरबहादुर कामी लगायतको सहभागीता रहेको थियो ।  

प्रतिकृया दिनुहोस
↑