११५ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कृष्णसार विशेष संवाद सम्पन्न
नेपालगन्ज, फागुन २३ -११५ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कृष्णसार विशेष संवाद आज नेपालगन्जमा सम्पन्न भएको छ । “सबै महिला र बालिकाहरुको लागि अधिकार समानता र सशक्तिकरण” भन्ने नाराका साथ मनाउन लागिएको दिवसका अवसरमा रेडियो कृष्णसार एफ एममा उक्त संवाद सम्पन्न भएको हो । यो अभियानलाई सार्थक बनाउनु सबैको साझा दायित्व हो । यहि दायित्वलाई स्मरण गर्दे मिडियाका तर्फबाट रेडियो कृष्णसार एफएम र सामाजिक क्षेत्रबाट माइती नेपालले यो कार्यक्रमको सहजिकरण गरेको हो ।
संवादमा महिला र छोरीहरुको अधिकार ,भोगिरहेका समस्या ,समस्या समाधानका उपाय र वेचविखनमा परिरहेका महिला र छोरीहरुको कसरी संरक्षण गर्न सकिन्छ र आगामी दिनमा वेचविखनका घटना नहुन भन्नका लागि सरोकारवालाहरुको भुमिका माथि चर्चा गरीएको कृष्णसार विशेष संवाद कार्यक्रमका प्रस्तोता सावित्री गिरीले बताउनुभयो । कार्यक्रममा जवाफदेहि वक्ताका रुपमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक दिपक पातली , नेपालगन्ज उपमहानगरपालिका महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमु्ख पवित्रा कुमारी पुरी र माइती नेपाल नेपालगन्जका प्रमुख केशब कोइराला रहनु भएको थियो । कार्यक्रमका मुख्य बक्ताहरुले सामुहिक प्रतिवद्धता गर्दे महिला तथा बालिकाहरुको अधिकारका लागि योजना निर्माण ,अनुगमन तथा कार्यान्वयमा निरन्तर रहने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ । हाम्रो समाजमा घट्ने कतिपय घटनाहरु पीडितले आप्नो इज्जत, डर, प्रतिष्ठा र धम्कीको कारण लुकाई छिपाई राखि सार्वजनिक गर्न नसकेको माइती नेपाल नेपागन्जका प्रमुख केशब कोइरालाले बताउनुभयो । सार्वजनिक भएका कतिपय घटनाहरुमा वास्तविक अनुसन्धान नहुनु र दोषी पनि जमानत तथा धरौटीमा छुट्नु समस्याका रुपमा रहेको नेपालगन्ज उपमहानगरपालिका महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमु्ख पवित्रा कुमारी पुरीले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक दिपक पातलीले महिला तथा बालिका माथि हुने हिंसा कम गर्नका लागि समन्वयात्मक रुपमा लागि पर्नुपर्ने बताउनुभयो । कार्यक्रममा महिला र बालिकाहरुले भोगिरहेका समस्या ,समस्या समाधानका उपाय र वेचविखनमा परिरहेका महिला र छोरीहरुको कसरी संरक्षण गर्न सकिन्छ र आगामी दिनमा वेचविखनका घटना नहुन भन्नका लागि सरोकारवालाहरुको भुमिका माथि चर्चा गरीएको थियो ।
भर्खरै
कालिका लघुवित्त छिन्चु शाखाद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग
नेपालमा वैदेशिक ऋण पूर्वाधार विकास कि ऋणको जाल ?
भेरीगगा ६ र ७ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा नगरपालिका वडा नम्बर ८ र ९ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा वडा नम्बर ३ र ४ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
दलित पत्रकार संघको आयोजनामा जानकी बाँकेमा बह्त रक्तदान कार्यक्रम सम्पन्न
चलचित्र लाली बजार प्रतिबन्ध र निर्मातालाई कारवाहीको माग




प्रतिकृया दिनुहोस