Live

चलचित्र लाली बजार प्रतिबन्ध र निर्मातालाई कारवाहीको माग

नेपालगन्ज, बैशाख २० -यौन व्यवसायका बिषयमा बनाएको चलचित्र लाली बजार पुर्ण बन्द र लालीबजार चलचित्रका निर्माता, निर्देशकलाई कारवाही हुनु पर्ने बाके जिल्लाका वादी समुदायका अगुवा, नेतृत्वकर्ता र सामाजिक अभियान्ताले माग गरेका छन् । आईतवार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै उनीहरुले चलचित्र लालीबजार कुनै पनि हालतमा संचालनमा आउने नदिने चेतावनी समेत दिए ।

राष्ट्रिय वादी संजाल नेपाल केन्द्रीय अध्यक्ष केशव नेपालीले चलचित्रले आफ्नो समुदाय र महिलाहरुको ईज्जतको खल्ली उडाएको, कानुनको बर्खीलाप गरेको र कुनै समुदायलाई सामाजिक, मानसिक र शारिरिक अपमान गरेको बताउनुभयो । लाली बजार निर्माता, निर्देशकले माफी मागेर चलचित्र बन्द गर्नु पर्ने नत्र आफुहरु कानुनी कारवाहिसहित आन्दोलन गर्ने बताउनुभयो । चलचित्र लालीबजार विरुद्ध वादी समुदायका अगुवाले उच्च अदालत पाटनमा बन्द गर्न मागसहित रिट हालेका छन् । लुम्बिनी प्रदेश सभा सदस्य शुशिला वादीले चलचित्रको पुर्ण प्रतिबन्द र कलाकारहरूलाई कारवाहि हुनु पर्ने बताउनुभयो । यो चलचित्रले वादी समुदायको सृजना, कला, सस्कृति, पहिचान, संघर्ष र ईतिहास कुल्चेर चरित्र हत्या गर्ने उद्वत भएको आरोप लगाउनु भयो । उनीहरुले चलचित्र हल संचालक र सम्पुर्ण दर्शकहरुलाई समेत चलचित्र लालीबजार बिहष्कार गर्न आग्रह गरे । बाँकेका वादी अगुवाद्धारा नेपाली चलचित्र लाली बजार प्रतिबन्ध र निर्माता निर्देशकलाई कारवाहीको माग गर्दै पत्रकार सम्मेलन गरेका हुन् ।

उनीहरुले बाँकेका वादी समुदाय चलचत्रि लाली बजार विरुद्ध आन्दोलनमा उत्रिएको बताएका छन् । उच्च अदालतबाट न्याय नपाए सर्वोच्च अदालतसम्म जाने बताए । केशव वादी नेपाली, राष्ट्रिय वादी संजाल अध्यक्ष, शुशिला वादी, लुम्बिनी प्रदेशसभा सदस्य, बसन्ती नेपाली, बादी नेतृ, कल्पना नेपाली, राष्ट्रिय वादी संजाल सदस्य, एकता नेपाली, दलित महिला संघ बाँके सचिव, अभिषेक नेपाली, सेफ नेपाल अध्यक्ष, मञ्जु नेपाली, बादी महिला अगुवा र प्रकाश नेपाली, वादी अगुवाले लाली बजार चलचित्रको विरोत्र र प्रतिबन्धको माग गरे । 
 

प्रतिकृया दिनुहोस
↑