कांग्रेस जाजरकोट सभापतिमा रत्नबहादुर खड्काको उम्मेदवारी घोषणा
जाजरकोट, पुष ११ -नेपाली कांग्रेस जाजरकोटको १५ औँ जिल्ला अधिवेशनलाई लक्षित गर्दै अनुभवी नेता रत्नबहादुर खड्काले जिल्ला सभापति पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्नुभएको छ । पार्टी संगठन, स्थानीय सरकार र जनप्रतिनिधिका रूपमा लामो अनुभव बटुल्नुभएका खड्का कांग्रेस जाजरकोटको सुदृढ नेतृत्वका रूपमा स्थापित नाम हो ।
खड्का नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि रहनुभएको थियो भने १४ औँ महाधिवेशनपछि गठित जिल्ला कार्य समिति जाजरकोटको उपसभापति पदमा रहेर पार्टी संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुभएको छ । संगठन विस्तार, कार्यकर्ता व्यवस्थापन र पार्टी अनुशासन कायम गर्न उहाँको योगदान उल्लेखनीय रहेको कांग्रेसजन बताउँछन्। साथै १३ औँ महाधिवेशनमा पनि उहाँ महाधिवेशन प्रतिनिधि र १४ औं महाधिवेशनमा जिल्ला कार्यसमितिको उपसभापतिको जिम्मेवारी पूरा गरिसक्नु भएको छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा छेडागाड नगरपालिकाको मेयर पदमा निर्वाचित खड्का विकास प्रेमी नेताको रुपमा परिचित हुनुहुन्छ । उहाँले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र सुशासनका क्षेत्रमा उल्लेखनीय काम गर्नुभएको स्थानीयवासीको प्रतिक्रिया छ । विकास निर्माणमा पारदर्शिता, नागरिक सहभागिता र दीर्घकालीन योजनालाई प्राथमिकता दिनु उहाँको कार्यशैलीको विशेषता मानिन्छ । उम्मेदवारी घोषणा गर्दै खड्काले नेपाली कांग्रेस जाजरकोटलाई एकताबद्ध, अनुशासित र जनउत्तरदायी पार्टीका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पार्टीभित्र देखिएका आन्तरिक मतभेदलाई अन्त्य गर्दै सबै नेता–कार्यकर्तालाई साझा लक्ष्यमा केन्द्रित गर्ने उहाँको मुख्य उद्देश्य रहेको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै बलियो संगठन, स्पष्ट नीति र जनविश्वास निर्माणका लागि आफू नेतृत्व लिन तयार रहेको बताउँदै खड्काले जिल्ला अधिवेशनमा सहभागी सबै प्रतिनिधि, कार्यकर्ता र शुभेच्छुकसँग सहयोग र समर्थनको अपेक्षा गर्नुभएको छ ।
भर्खरै
कालिका लघुवित्त छिन्चु शाखाद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग
नेपालमा वैदेशिक ऋण पूर्वाधार विकास कि ऋणको जाल ?
भेरीगगा ६ र ७ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा नगरपालिका वडा नम्बर ८ र ९ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा वडा नम्बर ३ र ४ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
दलित पत्रकार संघको आयोजनामा जानकी बाँकेमा बह्त रक्तदान कार्यक्रम सम्पन्न
चलचित्र लाली बजार प्रतिबन्ध र निर्मातालाई कारवाहीको माग


.jpeg)

प्रतिकृया दिनुहोस