Live

भेरीगगा नगरपालिका वडा नम्बर ८ र ९ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न

भेरीगंगा, जेठ २८ -भेरीगंगा नगरपालिका कार्यालय, छिन्चु सुर्खेतको आयोजना र रेडियो बिजी एफएम, भोटेचुली एफएमको सहजीकरणमा वडा नम्बर ८ र ९ को बार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

बिहिबार वडा नम्बर ८ वडा कार्यालयमा विहान १० बजेपछि र वडा नम्बर ९ मा दिउँसो २ बजेपछि बार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना भएको हो । वडाअध्यक्ष पुसे कामी र ईश्वर पोखरेलको अध्यक्षतामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रमा १०० बढी वडाबासीको सहभागीता रहेको थियो ।

कार्यक्रममा वडाभित्रका सडकमा ग्राभेल र नाला नभएको, आवतजावतमा समस्या भएको, खानेपानी नियमित नआएको, वडाभित्रका पुराना सिँचाई कुलो नहर, मुहान मर्मत, विद्युत लाईन जडान, बर्षातको पहिरोले सिँचाई कुलोहरु पुरिएका, आधारभुत स्वास्थ्य केन्द्रमा सामान्य औषधी, पोषण कार्यक्रम, महिला स्वमसेविकाहरुको सेवा सुविधा, गृहणी महिलाहरुका लागि सिपमुलक तालिम,  नगर र वडामा किसान सुचिकरण तथा वर्गीकरण, कृषि निति ल्याउनुपर्ने लगायतका समस्या, गुनासा सहभागीले राखेका थिए । 
 

प्रतिकृया दिनुहोस
↑