Live

भेरीगगा ६ र ७ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न

भेरीगंगा, जेठ २९ -भेरीगंगा नगरपालिका कार्यालय, छिन्चु सुर्खेतको आयोजना र रेडियो बिजी एफएम, भोटेचुली एफएमको सहजीकरणमा वडा नम्बर ६ र ७ को बार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार  वडा नम्बर ६ वडा कार्यालयमा विहान १० बजेपछि र वडा नम्बर ७ मा दिउँसो २ बजेपछि बार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना भएको हो । वडाअध्यक्ष लालसिँह बिसी र कर्ण बहादुर मिजारको  अध्यक्षतामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रमा १५० बढी वडाबासीको सहभागीता रहेको थियो । कार्यक्रममा वडाभित्र कच्ची सडकमा ग्राभेल नभएको, सडकहरुमा नाला, कल्र्भट नाली नभएको, खोलाहरुमा पुल वा कचवे बनाउनुपर्ने, खानेपानी, सिँचाई, ड्याम, पाईप, विद्युत पोल र भोल्टेज समस्याका विषयमा सहभागीले प्रश्न राखेका थिए ।

यस्तै वडा नम्बर ६ र ७ मा हुने गरेको चोरी, लागुऔषधको प्रयोग समस्या, अधुरा अपुरा सडक, विकास देखि स्वास्थ्य चौकीमा औषधी समस्या, स्वास्थ्य कर्मचारी जनशक्तिको अभावदेखि सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरका विषयमा वडाबासीले गुनासा राखेका थिए । 

प्रतिकृया दिनुहोस
↑