Live

भेरीगंगाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पोखरेलको गुर्भाकोटमा सरुवा

भेरीगंगा, मंसिर २४ -भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पोख्रेलको बुधबार एक कार्यक्रमबिच भेरीगंगा नगरपालिकाबाट विदाई गरिएको छ । करिव चार बर्ष भेरीगंगा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत कार्यकाल पूरा गरि पोखरेल गुर्भाकोट नगरपालिकामा सरुवा हुनु भएको हो ।

बुधबार नगरपालिकाका कर्मचारी र जनप्रतिनिधीले पोखरेलको एक कार्यक्रमका बिच फेरी भेटौला कार्यक्रम आयोजना गरि विदाई गरेको हो । पोखरेल अव गुर्भाकोट नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत हुनेछन् । पोखरेलसंगै बुधबार भेरीगंगा नगरपालिकाले पशु स्वास्थ्य प्राविधिक धर्मराज पोख्रेलको सरूवा गरेको छ । उक्त विदाई कार्यक्रमसंगै भेरीगंगा नगरपालिकाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृतमा  मानबहादुर ठाडा स्वागत गरिएको छ  ।

भेरिगंगा नगरपालिकाबाट  गुर्भाकोट नगरपालिकामा सरुवा हुनुभएका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पोख्रेल र संघिय विज्ञापनमा पशु स्वास्थ्य अधिकृत पदमा जनकपुर सिफारिस हुनुभएका नाप्रास. धर्मराज पोख्रलको फेरि भेटौला कार्यक्रम साथै प्रमुख लेखा अधिकृत मान बहादुर ठाडा सरलाई प्रमुख प्रशासकिय अधिकृत भेरीगंगाको जिम्मेवारी प्रदान कार्यक्रम सम्पन्न भएको हो । 
 

प्रतिकृया दिनुहोस
↑