Live

भेरीगगा वडा नम्बर ३ र ४ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न

भेरीगंगा, जेठ २५- भेरीगंगा नगरपालिका कार्यालय, छिन्चु सुर्खेतको आयोजना र रेडियो बिजी एफएम, भोटेचुली एफएमको सहजीकरणमा वडा नम्बर ३ र ४ को बार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार वडा नम्बर ३ वडा कार्यालयमा विहान १० बजेपछि र वडा नम्बर ४ मा दिउँसो २ बजेपछि बार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना भएको हो । वडाअध्यक्ष तिजबहादुर सुनार र गंगाबहादुर खत्रीको सभाअध्यक्षमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रमा ७० बढी वडाबासीको सहभागीता रहेको थियो ।

कार्यक्रममा वडाभित्रका सडक, सिँचाई, खानेपानी, विद्युत, विद्यालय, स्वास्थ्य चौकीमा हुने ढिलासुस्ती, अस्तव्यस्त र विभिद समस्याका विषयमा चर्चा भएको थियो । 
 

प्रतिकृया दिनुहोस
↑