गायक धनराज चुनाराको ‘सिरसिरे हावा’ लाई छोटो समयमा लाखौ भ्यूज
सुर्खेत, माघ २९ -लोक तथा दोहोरी गायक धनराज चुनाराको स्वर रहेको “सरसिरे हावा” को भिडियो सहितको लोकदोहारी गीत युटियुभमार्फत सार्वजनिक भएको छ । लोकदोहारी “सरसिरे हावा” सार्वजनिकसंगै चर्चामा देखिएको छ ।
अष्ट्रेलियाका विभिन्न स्थानमा छायांकन गरिएको र केही आशा लाग्दो नंया कोसेलीको रुपमा सिरसिरे हावा रहेको भन्दै गायक चुनाराले छोटो समयमा लाखौ भ्युज पाएको बताउनुभयो । गायक धनराज चुनारा र गायिका सम्झना शाहको आवाजमा रहेको लोक दोहोरि गित ‘सिर सिरे हावा’ सार्वजनिकसंगै सामाजिक संजालमा यसले राम्रो ट्रेडिङ्ग पाएको हो । युटियुभमा रिलिज भएको छोटो समयमा भ्युज लाखौ पुग्न सफल भएको गायक चुनाराको दावी छ । रुद्र जिएमको शब्द तथा संगीत रहेको गीतमा मिक्स मास्टरिङ भने कुमार सानु पुनको रहेको छ । गीतको भिडियोमा दिनेश थापा र अन्जु अधिकारीको सुन्दर अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन भने अष्ट्रेलियामा गरिएको छ । सुन्दर दृष्य सहितको गीतको भिडियोको निर्देशन भने दिपक थापाले गरेका हुन् । भिडियोको स्टोरी गम बहादुर न्यौपानेले गरेका हुन् भने सम्पादन अमृत चापागाँइले गरेका छन् ।
गीतमा माया प्रेमका भाका बुनिएको छ । प्रेम गर्ने जोडिहरुलाई लक्षित गरेर बनाईएको गीतको भिडियो पनि प्रेमिल बनेको छ । उक्त गीत नेप्को इन्टरटेन्टमेन्ट मार्फत शनिबार सार्वजनिक गरिएको हो ।
भर्खरै
कालिका लघुवित्त छिन्चु शाखाद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग
नेपालमा वैदेशिक ऋण पूर्वाधार विकास कि ऋणको जाल ?
भेरीगगा ६ र ७ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा नगरपालिका वडा नम्बर ८ र ९ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा वडा नम्बर ३ र ४ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
दलित पत्रकार संघको आयोजनामा जानकी बाँकेमा बह्त रक्तदान कार्यक्रम सम्पन्न
चलचित्र लाली बजार प्रतिबन्ध र निर्मातालाई कारवाहीको माग




प्रतिकृया दिनुहोस