गुर्भाकोट नगरपालिकामा बाघको आतंक बढ्दै
रमिता बिक, असोज १३ गते, गुर्भाकोट नगरपालिका वडा नम्बर १० मा रहेको घुमखहरे मा दुईवटा बचेरा सहितको बाघले आतंक मच्चाइरहेको छ ।
करिब एक हप्ता अगाडिदेखि नै गुर्भाकोट नगरपालिका १० मा रहेको घुमखहरेमा दुईवटा बचेरा सहितको बाघले आतंक मच्चाइरहेको स्रोतले जनाइएको छ । हिजो दिउँसो स्थानीयले दुईवटा बचेरा सहित बाघलाई घुम खहरेमा देखेको जनाएका छन्। यस्तै गुर्भाकोट नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष यमन बहादुर खत्रीका अनुसार गुर्भाकोट नगरपालिका १० मा एक हप्ता अगाडिदेखि पटकपटक गरेर उक्त बाघले वडाका पाँच छ वटा जति बाख्रा खाएको दुईवटा कुकुर र गाईलाई आक्रमण गरेको छ ।
वडा अध्यक्ष यमन बहादुर खत्रीले वनसँग समन्वय गरेर बाघलाई नियन्त्रणमा लिने जनाएका छन् ।
भर्खरै
कालिका लघुवित्त छिन्चु शाखाद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग
नेपालमा वैदेशिक ऋण पूर्वाधार विकास कि ऋणको जाल ?
भेरीगगा ६ र ७ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा नगरपालिका वडा नम्बर ८ र ९ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा वडा नम्बर ३ र ४ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
दलित पत्रकार संघको आयोजनामा जानकी बाँकेमा बह्त रक्तदान कार्यक्रम सम्पन्न
चलचित्र लाली बजार प्रतिबन्ध र निर्मातालाई कारवाहीको माग




प्रतिकृया दिनुहोस