Live

गुर्भाकोट १२ मा न्यायिक समिति र मेलमिलापकर्ता तालिम सम्पन्न 

अमृत गौतम - गुर्भाकोट नगरपालिका वडा नम्बर १२ वडा कार्यालयमा सोमबार कानुनी तथा न्यायिक सचेतना तालिम सम्पन्न भएको छ । गुर्भाकोट नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष  तुल्सीप्रसाद शर्माको सभाअध्यक्षमा शुरु भएको तालीम करिब ४ घण्टासम्म संचालन भएको थियो ।  वडामा तीन जना मेलमिलापकर्ता रहेता पनि थप कानुनी परामर्शको लागि वडा नम्बर १२  मा नगरपालिका न्यायिक समितिले कानुनी तथा न्यायिक सचेतता बिषय एक दिने तालिम सम्पन्न गरेको हो ।  

वडाका मेलमिलापकर्ता, जनप्रतिनिधि, सामाजिक संघसस्था र सरोकार निकायका प्रतिनिधिहरुलाई लक्षित गर्दै गुर्भाकोट नगरपालिका न्यायिक समितिको आर्थिक सहयोगमा, सक्सेस ट्रेनिङ सेन्टर को सहजीकरणमा न्यायिक तथा कानुनी तालिम सम्पन्न भएको हो ।  गुर्भाकोट नगरपालिका  वडा नम्बर १२ मा आयोजित तालिममा करिब ४० जना  सहभागी रहेको थियो । उक्त तालिममा कानुनी अधिवक्ता मंगलसेन सार्की, कानुनी सहजकर्ता टेकेन्द्र बस्याल, नगरकार्यपालिका न्यायक समिति सदस्य चितेन्द्र बिकले नेपालको  कानुन  सम्बन्धि, मानव अधिकार सम्बन्धि, छुवाछुत, घरेलु हिंसा, नेपालको संविधानमा उल्लेख मौलिक हक, फौजदारी कानुन, देवानी कानुन, कानुनी मुद्धाहरु, न्यायीक समिती, मेलमिलाप केन्द्र र मेलमिलापकर्ताका विषयमा सहजकिरण गर्नुभएको थियो । वडाअध्यक्ष शर्माले यस तालिमबाट स्थानीयले कानुन सम्बन्धि धेरै कुराहरू सिकेको र यस्ता कानुनी न्याय सम्बन्धि तालिम नगरले समय समयमा गर्नुपर्ने बताउनुभयो । उहाँले वडामा अहिलेसम्म अन्य किसिमका मुद्धाहरु आएर समाधान गरिएता पनि बालबिबाह भने रोक्न नसकिएको प्रति नगरपालिकाले यस बारेमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

तालिममा अतिथिहरुमा वडासदस्य हरिमाया घर्ती, धनसरा दमाई, पहलसिँह घर्तीमगर, बर्षा बुढा, न्यायिक समिति व्यवस्थापक लोकेन्द्र वली, मेलमिलाप केन्द्र संयोजक टेकराज गिरी, सदस्यहरु रिता शर्मा, कलावली सोती, निवर्तमान वडाअध्यक्ष प्रेमप्रकाश वली, रेडियो आरम्भका निर्देशक सूर्यदिप रेग्मीको सहभागीताका रहेको थियो । तालिममा वडाभित्रका विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, विदालयका प्रअ, शिक्षक, व्यवस्थापन समितिका सदस्यहरु, सामुदायिक वन, सहकारीका प्रतिनिधी, महिला स्वमसेविका लगायतको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस
↑