Live

गुर्भाकोट १२ बाट अवैध सालको काठ बरामद

सृजना बारघरे - गुर्भाकोट १२ बाट अवैध सालको काठ बरामद गरिएको छ् ।गुर्भाकोट नगरपालिका वडा नम्बर १२ बाट सालको काठ बरामद गरीएको हो ।उक्त बरामद गरिएको काठ आवश्यक मुचुल्का लगायतका कागजातसहित कारबाहिको लागी गुर्भाकोट सब डिभिजन वन कार्यालय पठाईएको छ ।

यहि फागुन ३ गते साझ अन्दाजी ८ बजेको समयमा गुर्भाकोट नगरपालीका वडा नं.१२ मा साल जातको रुख अवैध रुपमा काटी गोलिया बनाई भे २ त १७६२ नं. को ट्याक्टरमा लोड हुदै छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी मेहलकुनाबाट प्रहरी टोली खटिइ अवैध रुपमा १ थान सालको गोलिया ट्याक्टरमा लोड भएको तथा ७ गोलिया ट्याक्टरमा लोड गर्न तयार गरेको अवस्थामा फेला पारीएको हो । उक्त भे २ त १७६२ नं. को ट्याक्टर तथा ८ गोलियाको कुल नेट आयतन ८८.११ क्यू. फिट भएको अवैध सालको काठ बरामद गरी ओसारपसारमा संलग्नमा गुर्भाकोट नगरपालिका वडा नं. १२ बस्ने बर्ष ५१ को यज्ञ बहादुर मल्ल सहित आवश्यक कागजात गुर्भाकोट सब डिभिजन वन कार्यालय पठाईएको इलाका प्रहरी कार्यलय छिन्चुले जनाएको छ ।

सो सम्बन्धमा थप अनुसन्धान अगाडि बढेको छिन्चु प्रहरिले जनाएको छ ।

प्रतिकृया दिनुहोस
↑