Live

स्वास्थ्य शिक्षा र विद्युत पहिलो प्राथमिकताः गुर्भाकोट १ वडाअध्यक्ष रामबहादुर शाही

रमिता विक, असोज १४- गुर्भाकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष रामबहादुर शाहीले शिक्षा खानेपानी र कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । वडाका विकास निर्माणका कामहरुलाई संयुक्त रुपमा पूरा गर्नका निमित्त निरन्तर खटिरहेको बताएका हुन् । रेडियो बिजी एफएमसँगको संक्षिप्त कुराकानीमा वडा अध्यक्ष शाहीले भोगिरहेका आधारभूत आवश्यकतालाई पहिचान गरी ती समस्यालाई समाधान गर्ने बताएका हुन् ।

वडामा बजेट अभावका कारण केही योजनाहरू अधुरा र अपुरा रहेता पनि आगामी दिनमा ती अधुरा अपुरा योजनालाई पूरा गर्नका लागि पूरा गर्नका लागि विशेष पहल गर्ने बताएका छन् । कुराकानीको क्रममा उनले निर्वाचनका बेला आम नागरिकहरूसँग गरेका आशा तथा अपेक्षालाई पूरा गर्नका लागि आफू दिनरात निरन्तर रूपका मा काम गरिरहेको बताएका हुन् । महिला बालबालिका जेष्ठ नागरिक अपाङ्गका लागि बजेट विनियोजन गरिरहेको र आगामी दिनहरूमा पनि निरन्तर गरिरहने प्रतिबद्धता जनाएका छन् । वडामा स्वास्थ्य शिक्षा खानेपानी त्यति गुणस्तरीय नभएको बताउँदै आगामी दिनहरूमा स्वास्थ्य शिक्षा खानेपानी विद्युत  यातायात लगायतका क्षेत्रमा वडाको बजेट विनियोजन गर्ने बताएका हुन ।

वडाध्यक्ष राम बहादुर शाही गरिएको कुराकानी सहितको रेडियो कार्यक्रम स्थानीय सरकारमा साप्ताहिक रुपमा प्रशारण हुने गर्छ । 
 

प्रतिकृया दिनुहोस
↑