Live

मैनतडा आयुर्वेद औषधालयद्धारा मावि झिङ्गनी सुझाव संकलन

भेरीगंगा, फागुन ९-मैनतडा आयुर्वेद औषधालयले भेरीगंगा ६ स्थित जनज्याति मावि झिङ्गनीमा योग शिक्षा र आयुर्वेद शिक्षामा छलफल गरेको छ ।

मैनतडा आयुर्वेद औषधालय जहरेका प्रमुख छबिलाल खड्काद्वारा आयुर्वेद तथा योग शिक्षा सम्बन्धि जानकारी गराउनु भएको थियो । यस्तै प्रमुख खड्काले आयुर्वेद शिक्षासंग सम्बन्धि  सुझाव संकलन गरे । विद्यालयका सहायक प्रअ दयाराम आचार्य तथा विद्यालय नर्स निर्मला  देवकोटाद्वारा विद्यालयमा हुने योग गतिविधि बारे जानकारी गराएको थियो ।

आयुर्वेद शिक्षासंग सम्बन्धित महत्वपूर्ण भेटघाट सहित सुझाव संकलन भएको हो । 
 

प्रतिकृया दिनुहोस
↑