Live

प्रतिनिधीसभा निर्वाचनमा कांग्रेसबाट खड्का सर्वसम्मत उम्मेदवार, थानी पाँचौमा सिफारिस

सुर्खेत, मंसिर २३ -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस सुर्खेत  क्षेत्र नम्बर १ सुर्खेतले महत्वपूर्ण राजनीतिक निर्णय गर्दै पुर्ण बहादुर खड्कालाई सर्वसम्मत उम्मेदवार बनाएको छ ।

नेपाली कांग्रस क्षेत्रीय कार्यसमिति तथा स्थानीय तहका पदाधिकारीहरूको संयुक्त बैठकले नेपाली कांग्रेसका कार्यबाहक सभापति तथा वरिष्ठ नेता पूर्णबहादुर खड्कालाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो । यो निर्णयसंगै पार्टीले फागुन २१ गतेको प्रतिनिधी सभा निर्वाचनमा उपसभापति खड्कालाई एकल उम्मेदवार बनाएको हो । खड्का सुर्खेत क्षेत्र नम्बर १ का निर्वतमान प्रतिनिधीसभा उम्मेदवार, पार्टी उपसभापति तथा हालका काव सभापति समेत हुनुहुन्छ ।

यता नेपाली कांग्रेसले आगामी फागुन २१ मा हुने  प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेत क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका कार्यवहाक सभापति पूर्णबहादुर खड्काको नाम एकल सिफारिस हुँदा सुर्खेत क्षेत्र नं–२ बाट भने हृदय राम थानीको पाँचौ नम्बरमा सिफारिस भएको छ । उनीसहित यहाँबाट ६ जनाको नाम सिफारिस गरेको छ । सुर्खेत क्षेत्र नं –२ बाट पहिलो नम्वरमा उपेन्द्रबहादुर थापा, दोस्रोमा कलम खत्री,  तेस्रोमा नारायण कोइराला, चौथोमा भिष्म हमाल,पाँचौंमा हृदयराम थानीको नाम सिफारिस भएको छ भने ,  छैठौमा महिलातर्फ वशन्ती बस्नेतको नाम सिफारिस गरिएको छ ।
 

प्रतिकृया दिनुहोस
↑