नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा छेडागाड नगर सभापति बन्छुः नेता थापा
जाजरकोट, मंसिर २३ - नेपाली कांग्रेस पार्टीभित्र संगठन विस्तार, नेतृत्व क्षमता र भविष्यको मार्गचित्र तय गर्ने राष्ट्रिय राजनीतिक माहोलमा अहिले आन्तरिक तयारी तीव्र भएको छ । यस्तै वातावरणबीच छेडागाड नगरपालिकामा सक्रिय, जिम्मेवार र निरन्तर जनतामै आधारित भएर काम गर्दै आएका नेता लोकेन्द्र थापाले आगामी नेपाली कांग्रेस १५औं महाधिवेशनमा छेडागाड नगरपालिका सभापति बन्ने औपचारिक घोषणा गरेका छन् । थापाको यो घोषणा केवल पद प्राप्तिको चाहना मात्र होइन, पार्टीभित्र आवश्यक भएको सुधार, पारदर्शिता, युवा नेतृत्व र जिम्मेवार संगठन निर्माणका लागि गरेको प्रतिबद्धता हो । उनको विश्वास छः छेडागाडका कांग्रेस प्रतिनिधिहरू, कार्यकर्ता र समर्थकहरूले विगतको काम, व्यवहार र जनतासँगको निरन्तर सम्पर्कलाई मूल्यांकन गरेर सभापतिमा आफूलाई नै जिम्मेवारी दिन्छन् । थापाले आगामी नगर सभापतिका लागि आफ्ना निम्न पाँच बुद्धे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
१. संगठन विस्तार र सदस्यहरूको सम्मानः कांग्रेस केवल व्यक्तिको होइन, संगठनको पार्टी भएकाले हरेक सक्रिय सदस्य, युवा र अग्रज नेताको भूमिकालाई सम्मान गर्दै जिम्मेदारी र अधिकार वितरण गरिनेछ ।
२. पारदर्शी राजनीतिक नेतृत्वः पार्टीको योजना, बैठक, खर्च र निर्णय प्रक्रिया खुला राख्दै कुनै पनि निर्णय व्यक्ति वा समूहको फाइदामा होइन, संगठन र जनताको हितमा हुने व्यवस्था सुनिश्चित गर्दै जाने ।
३. युवालाई प्रत्यक्ष नेतृत्वमा ल्याउनेः युवा बिना कांग्रेस भविष्यविहीन हुने भन्दै कम्तीमा ६०% जिम्मेवारी युवालाई दिन प्रतिबद्धता
४. स्थानीय समस्यामा कांग्रेसको सक्रिय उपस्थितीः बेरोजगारी, शिक्षा, स्वास्थ्य, सडक, विपद, कृषि र प्रविधिमा अब कांग्रेस दर्शक होइन, समाधानकर्ता बन्ने ।
५. एकता, अनुशासन र व्यवहारिक राजनीतिक संस्कृतिः आन्तरिक मनमुटाव, गुटबन्दी, दूरी र विभाजन अन्त्य गर्दै “एकता र सम्मानमै शक्ति छ“ भन्ने राजनीतिक संस्कार विकास गर्ने ।।
थापाले आफ्नो घोषणामा भनेका छन्, म पद माग्न हैन, जिम्मेवारी लिन आएको हुँ। प्रतिनिधिहरूले विश्वास राख्नुहुन्छ, कारण म निम्तो खाने नेता होइन, समस्या सुन्ने र समाधान गर्ने नेता होस् भन्ने सपना बोकेको छु । उनी भन्छन्ः “कांग्रेसलाई अब पुरानै शैलीमा चलाउन सकिँदैन। अब जनताले व्यवहारिक कांग्रेस, जिम्मेवार कांग्रेस र दृढ नेतृत्व खोजिरहेका छन् ।”थापाको घोषणापछि छेडागाडमा कांग्रेसभित्र उत्साह, ऊर्जा र नयाँ नेतृत्व सम्भावनाको चर्चा बढेको छ। धेरै कार्यकर्ताले उनको सक्रियता, सरल व्यवहार, संगठनप्रति निष्ठा र जनस्तरीय उपस्थिति हेर्दा सभापति पदका लागि योग्य उम्मेदवार यही हो भन्ने धारणा राख्न थालेका छन् । आगामी महाधिवेशनमा प्रतिनिधिहरूको निर्णयले अन्तिम रूपमा नेतृत्व टुंगो लगाउने भए पनि लोकेन्द्र थापाको घोषणा छेडागाड राजनीतिमा नयाँ अध्यायको संकेत भइसकेको छ ।
भर्खरै
कालिका लघुवित्त छिन्चु शाखाद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग
नेपालमा वैदेशिक ऋण पूर्वाधार विकास कि ऋणको जाल ?
भेरीगगा ६ र ७ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा नगरपालिका वडा नम्बर ८ र ९ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा वडा नम्बर ३ र ४ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
दलित पत्रकार संघको आयोजनामा जानकी बाँकेमा बह्त रक्तदान कार्यक्रम सम्पन्न
चलचित्र लाली बजार प्रतिबन्ध र निर्मातालाई कारवाहीको माग




प्रतिकृया दिनुहोस