भेरीगंगा नगरपालिकाभित्रै निःशुल्क योग ध्यान कक्षा सुभारम्भ
भेरीगंगा, बैशाख १०-भेरीगंगा नगरपालिका सभाहलमा नियमित निःशुल्क योग ध्यान कक्षाको सुभारम्भ भएको छ । भेरीगंगा नगरपालिका नगर प्रमुख यज्ञप्रसाद ढकालले पानसमा वत्ती वालेर योग कक्षाको उद्घाटन गर्नुभएको थियो ।
भेरीगंगा नगरपालिका आयुर्वेद शाखा र पतन्जली योग समिती भेरिगङ्गाको संयुक्त आयोजनामा सुरु भएको योग कक्षाको उद्घाटन सेसनमा पुर्व नगर उपप्रमुख रेनु आचार्य ढकाल, प्रमुख व्रह्माकुमारी आरती रेग्मी, साना तथा घरेलु सङ्घ अध्यक्ष ज्ञानु भुसाल, महिला पतन्जली योग समिती भेरिगङ्गाकी अध्यक्ष गोमा टमटा लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो । पहिलो दिनको योग प्रशिक्षण योग प्रशिक्षक रामु सुवेदीले गर्नुभएको थियो ।
योग कक्षा नियमित रुपमा प्रत्येक दिन विहान ४ः३० वजे देखि ६ः०० वजेसम्म सन्चालन हुनेछ ।
भर्खरै
कालिका लघुवित्त छिन्चु शाखाद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग
नेपालमा वैदेशिक ऋण पूर्वाधार विकास कि ऋणको जाल ?
भेरीगगा ६ र ७ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा नगरपालिका वडा नम्बर ८ र ९ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा वडा नम्बर ३ र ४ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
दलित पत्रकार संघको आयोजनामा जानकी बाँकेमा बह्त रक्तदान कार्यक्रम सम्पन्न
चलचित्र लाली बजार प्रतिबन्ध र निर्मातालाई कारवाहीको माग




प्रतिकृया दिनुहोस