लेकबेशीमा कृषि अन्तरक्रिया गोष्ठी सम्पन्न
लेकबेशी, चैत १५-लेकबेशी नगरपालिकामा शुक्रबार कृषि अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । नगर प्रमुख उमेशकुमार पौडेलको अध्यक्षता, नगर–उप प्रमुख विमला खड्लुकको विशेष आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत बखत बहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कृषि विकास निर्देशनालय, कर्णाली प्रदेशका बागवानी विकास अधिकृत टेकराज रेग्मी, लेकवेशी नगरपालिका, नगर कृषि विकास शाखाका कर्मचारीहरु कृषि सहकारीका प्रतिनिधि, स्थानीय कृषकहरुको उपस्थितिमा कार्यक्रम भएको हो । कार्यक्रममा पारिवारिक खेती, कृषि भुमिको उपयोग तथा संरक्षण सम्बन्धि अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ ।
कार्यक्रममा, पारिवारिक खेतीको अवधारणा, दीगो विकासका लक्ष्यहरु संग यसको अन्तरसम्बन्ध, कानूनी ब्यवस्था, यस अन्तरगत कृषकहरुले प्राप्त गर्न सक्ने अनुदान, हालका समस्या र निराकरणको उपायहरुका विषयमा समेत छलफल भएको थियो ।
भर्खरै
कालिका लघुवित्त छिन्चु शाखाद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग
नेपालमा वैदेशिक ऋण पूर्वाधार विकास कि ऋणको जाल ?
भेरीगगा ६ र ७ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा नगरपालिका वडा नम्बर ८ र ९ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा वडा नम्बर ३ र ४ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
दलित पत्रकार संघको आयोजनामा जानकी बाँकेमा बह्त रक्तदान कार्यक्रम सम्पन्न
चलचित्र लाली बजार प्रतिबन्ध र निर्मातालाई कारवाहीको माग




प्रतिकृया दिनुहोस