गुर्भाकोट नगरपालिकाद्वारा छ सयलाई विद्युतीय चुलो वितरण
गुर्भाकोट, फागुन २१ -गुर्भाकोट नगरपालिकाले स्वच्छ ऊर्जाको प्रवद्र्धन गर्ने लक्ष्यसहित नगरभित्रका बासिन्दालाई विद्युतीय चुलो वितरण गर्न थालेको छ । यो कार्यक्रम वातावरण संरक्षण, दाउराको खपत नियन्त्रण, र स्थानीयवासीको स्वास्थ्य सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको हो ।
नगरपालिकाका प्रमुख हस्त पुनका अनुसार, यो योजना विशेष गरी न्यून आय भएका परिवारहरूलाई लक्षित गरी ल्याइएको हो । “हामी दाउराको परनिर्भरता हटाई विद्युतीय खाना पकाउने प्रविधिलाई प्रवद्र्धन गर्न चाहन्छौं, जसले वातावरणीय तथा स्वास्थ्य जोखिमहरू कम गर्नेछ,“ प्रमुखले भने यो बर्ष १४ वडाका करिब ६०० घरपरिवारलाई बिधुतिय चुलो बितरण गर्ने बताए । स्थानीयबासीहरूले यो कार्यक्रमलाई स्वागत गरेका छन् । उनीहरूका अनुसार, विद्युतीय चुलोले खाना पकाउने प्रक्रिया सहज बनाउनुका साथै दाउरा खोज्ने झन्झट पनि हटाउनेछ । नगरपालिकाले यो योजनालाई अझ प्रभावकारी बनाउन जनचेतना कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ।
साथै, चुलो प्रयोग गर्ने तालिम प्रदान गर्दै सुरक्षित तथा प्रभावकारी तरिकाले प्रयोग गर्न सिकाइनेछ । यो पहलले गुर्भाकोट नगरपालिकालाई हरित ऊर्जाको दिशामा अघि बढाउने विश्वास गरिएको छ ।
भर्खरै
कालिका लघुवित्त छिन्चु शाखाद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग
नेपालमा वैदेशिक ऋण पूर्वाधार विकास कि ऋणको जाल ?
भेरीगगा ६ र ७ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा नगरपालिका वडा नम्बर ८ र ९ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा वडा नम्बर ३ र ४ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
दलित पत्रकार संघको आयोजनामा जानकी बाँकेमा बह्त रक्तदान कार्यक्रम सम्पन्न
चलचित्र लाली बजार प्रतिबन्ध र निर्मातालाई कारवाहीको माग




प्रतिकृया दिनुहोस