Live

भेरीगंगामा स्प्रेडद्धारा संचालित हाईरिप परियोजनाद्धारा अन्तरक्रिया सम्पन्न

भेरीगंगा, पुष ९ - स्प्रेडद्धारा संचालित हाईरिप परियोजना अन्तर्गत भेरीगंगा नगरपालिकामा बुधबार सरोकारवालासंग अन्तरक्रिया गरिएको छ । भेरीगंगा नगरपालिका वडा नम्बर ११ मा संचालित हाईरिप परियोजना अन्तर्गत पालिकास्तरीय अन्तरक्रिया सम्पन्न भएको हो ।

नगरपालिकामा कृषि शाखामा आयोजित अन्तरक्रिया नगरपालिका कृषि, पशुपंक्षी शाखाका प्राविधिक, कर्मचारी र आयोजनाको कार्यक्षेत्रका कृषक, संचारकर्मी, सरोकारवालाको सहभागीता रहेको थियो । प्रमुख प्रशासकिय अधिकृत मान बहादुर ठाडाको अध्यक्षतामा बसेको छलफलमा पशुपंक्षी शाखाका भेटेनरी डा. लोकेन्द्र बहादुर खड्का, स्प्रेड हाईरिप परियोजनाका कृषि प्राविधिक कर्ण राना, परियोजना स्थानीय श्रोत व्यक्ति चन्द्रबहादुर जिसी, कृषि शाखा प्रमुख डा.सुरज विसी, कृषि अधिकृत घनश्याम खत्री, पशु चिकित्सक घनश्याम राना मगर, कृषि प्राविधिक भिमकुमारी अधिकारी लगायत स्थानीय संचारकर्मी, सरोकारवालाको सहभागीता रहेको थियो । स्प्रेडद्धारा संचालित हाईरिप परियोजना सिकाई र अनुसरण अन्य वडामा विस्तार गर्नुपर्ने सहभागीताले जोड दिएका थिए ।

नगरपालिकामा आर्गनिक कृषि उत्पादनका विषयमा समेत सहभागीले छलफल गरेका थिए । यस परियोजनाले भेरीगंगा वडा नम्बर ११ मा अहिले परियोजनाको कृषि सिकाई केन्द्रका रुपमा काम गरिरहेको छ । 
 

प्रतिकृया दिनुहोस
↑