३० बर्षपछि छिन्चु काल्चे सडकको घारीवन–काठेघारी सडक कालोपत्रे सूरु
भेरीगंगा, मंसिर ८ - सडक ट्रयाक खुलेको करिव ३० बर्षपछि भेरीगंगाको छिन्चु–काल्चेसडक खण्डको भेरीगंगा नगरपालिकामा पर्ने घारीवन–काठेघारी सडक खण्डमा कालोपत्रे सुरु भएको छ । सडक निर्माण कम्पनीले भेरीगंगा वडा नम्बर ६ को किचबाट कालोपत्रेका लागि सडक विस्तार, निर्माण काम सुरु गरेको हो । छिन्चु काल्चे सडक अन्तर्गत अहिले भेरीगंगा वडा नम्बर ६ को घारीवनबाट भेरीगंगा वडा नम्बर ७ को काठेघारीसम्म सडक कालोपत्रे काम सुरु गरेको हो ।
सडक कालोपत्रेका लागि वडा नम्बर ६ को किचबाट घारीवन सडक क्षेत्रमा सरसफाई, सडक चौडाई, खाल्डाखुल्डी पुर्ने, नाला कल्र्भट निर्माणको काम सुरु गरेको वडा नम्बर ६ का वडाअध्यक्ष लालसिँह बिसीले बताउनुभयो । वडाअध्यक्ष बिसीले छिन्चु घारिवन काल्चे सडकको कालोपत्रे काम सुरु भएको जानकारी दिनुभयो । यस सडक खण्ड भित्र राखिएका सामानहरू हटाई सहयोग गरिदिनु हुन विसीले सम्पूर्णकम अनुरोध समेत गर्नुभयो । यस सडक खण्डमा करिव ८ किलोमिटर क्षेत्रमा घारीवनदेखि काठेघारीसम्म सडक दाँयाबाँया ७ मिटर कालोपत्रे हुने छ । अहिले वडा नम्बर ६ को लामाखालीमा ठेकेदारले क्याम्प निर्माण गरि सडक कालोपत्रे काम थालेको हो । अहिले सडक कालोपत्रेका लागि पहिलो चरणको सडक चौडाई, नाला विस्तार, कल्र्भट नाला निर्माण, सफाई, रुख कटान लगायतका काम गर्ने भएको छ । भेरीगंगा नगरकार्यपालिका सदस्य ओविसरा बस्यालले छिन्चु काल्चे सडक कालोपत्रे काम सुरु भएको विकासको कदम भन्दै छिन्चु –काल्चे सडक कालो पत्रेको लागि निर्माण कार्य प्रारम्भ भएको भन्दै आजबाट छिन्चु–काल्छे सडकको (स्तरोन्नति) कालोपत्रेको लागि सडक निर्माण कार्य औपचारिक रूपमा सुरु भएको यो दृश्य साँच्चै प्रेरणादायी भएको बताउनुभयो ।
लामो प्रतिक्षा पछि सुरु भएको यस कार्यले यस क्षेत्रका जनताहरूलाई यातायातमा सहजता र जीवनस्तरमा सुधार ल्याउने छ भन्ने विश्वास व्यक्त गनुभयो । यो सडक कालोपत्रे विविध कारणले ढिला भएपनि शुभ आरम्भ नै स्थायी परिवर्तनको संकेत हो । आशा छ, गुणस्तरीय निर्माणसँगै समयमै यो काम सम्पन्न हुनेछ , बस्यालको भनाई छ । यो सडक कालोपत्रेका लागि चार बर्षअघि गणपति कन्ट्रक्शन दाङ्गले कालोपत्रेको ठेक्का लिएको थियो । यो सडक खण्डमा चालू आर्थिक बर्षको बैशाखसम्म सडक कालोपत्रे काम सक्ने गरि ठेकेदारसंग सम्झौता भएको छ ।
भर्खरै
कालिका लघुवित्त छिन्चु शाखाद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग
नेपालमा वैदेशिक ऋण पूर्वाधार विकास कि ऋणको जाल ?
भेरीगगा ६ र ७ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा नगरपालिका वडा नम्बर ८ र ९ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा वडा नम्बर ३ र ४ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
दलित पत्रकार संघको आयोजनामा जानकी बाँकेमा बह्त रक्तदान कार्यक्रम सम्पन्न
चलचित्र लाली बजार प्रतिबन्ध र निर्मातालाई कारवाहीको माग




प्रतिकृया दिनुहोस