Live

मावि झिङ्गनीमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

भेरीगंगा, मंसिर ८ -भेरीगंगा वडा नम्बर ६ झिंगनीस्थित श्री जनज्यो मावि झिङ्गनीमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । रेष्ट संस्थाको आर्थिक सहयोगमा, जनज्योति मावि विद्यालयले आयोजना गरेको शुक्रबारीय कार्यक्रम अन्तरगतको बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा विजयी हुनेमा प्रथम कक्षा ७ की छात्रा सामना ओली हुँदै नगर पुरुस्कार  १,५००, द्वितीय — कक्षा १० की छात्रा सुप्रीया केसीले नगद पुरस्कार  १,०००, तृतीय कक्षा ९ की छात्रा धिरता घर्ती मगरले नगद ५०० पाउनु भएको थियो ।

कार्यक्रम अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक टेकबहादुर खत्रीको अध्यक्षता, बिब्यस अध्यक्ष तारा गिरीको प्रमुख आतिथ्यता तथा प्रधानाध्यापक मानबहादुर ओलीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।
 

प्रतिकृया दिनुहोस
↑