Live

प्रथम वडाअध्यक्ष कपको उपाधी भेरीगंगा ७ फुटबल क्लवलाई

भेरीगंगा, कार्तिक १- असोज २८ गतेदेखि भेरीगंगा वडा नम्बर ७ को आयोजनामा संचालित  प्रथम वडाध्यक्ष कप फुटबल  खेलकुद प्रतियोगितामा भेरीगंगा वडा नम्बर ७ प्रथम भएको छ ।

शनिबार काठेघारी खेल मैदानमा सम्पन्न फाईनल खेलमा आयोजक भेरीगंगा  ७ बिजयी प्रथम र गुर्भाकोट ६ उपविजेता भएको हो । वडा खेलकुद बिकास समितिको आयोजनामा असोज २८ गतेदेखि कार्तिक १ गते शनिबारसम्म संचालित प्रथम वडाध्यक्ष कप खेलकुद फुटबल प्रतियोगिता सम्पन्न भएको छ। उक्त प्रतियोगितामा सहभागी १५ टिम मध्ये फाइनलमा पुग्न सफल आयोजक भेरीगंगा ७ ले गुर्भाकोट ६ लाई २ का विरुद्ध ४ गोलले पछि पार्दै प्रथम बिजेता हुन सफल भयो । प्रथम विजेताले ५० हजार नगद, प्रथम स्थानको कप ,मेडल प्राप्त गरेको छ । यस्तै उपविजेता तथा दोस्रो हुन सफल गुर्भाकोट ६ को टिमले नगद ३० हजार सहित द्वितीय स्थानको कप, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

विजेता, उपविजेता, उत्कृष्ट खेलाडी, रेफरी, खेलमा प्रत्यक्ष सहयोग गर्ने व्यति– सस्थालाई भेरीगंगा ७ का वडाअध्यक्ष कर्ण बहादुर मिजार तथा वडा सदस्यहरुले पुरस्कार, मायाको चिनो वितरण गरेका थिए ।

प्रतिकृया दिनुहोस
↑