जहरेमा तेस्रो जिल्लास्तरीय कराते प्रतियोगिता सम्पन्न
भेरीगंगा, मंसिर ८ -भेरीगंगा डोजो सुर्खेत (प्रमुख प्रशिक्षक हरिबहादुर नेपाली) को आयोजनामा तेस्रो जिल्ला स्तरीय कराते प्रतियोगिता जहरेबजारमा सम्पन्न भएको छ ।
कर्णाली प्रदेश करातेका प्रमुख प्रदिप कुमार राईको प्रमुख आतिथ्यता र आयोजक प्रशिक्षक हरिबहादुर नेपालीको अध्यक्षतामा लिटिल फलावर मा.वि. जहरेमा तेस्रो जिल्ला स्तरीय कराते प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । प्रतियोगितामा जिल्लाभरका १०६ जना भन्दा बढी प्रशिक्षार्थी खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो । प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलहरू बीच बिरेन्द्रनगर भ्यालीका दुई डोजो समुहले क्रमशः प्रथम तथा द्वितीय स्थान हासिल गर्न सफल भए भने आयोजक टिम तृतीय स्थान प्राप्त गर्न सफल भएको छ ।
कार्यक्रम सफल आयोजनाका लागि आयोजक टीम, प्रशिक्षकहरू, खेलाडीदल तथा सहयोगीहरुको सहभागीता रहेको थियो ।
भर्खरै
कालिका लघुवित्त छिन्चु शाखाद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग
नेपालमा वैदेशिक ऋण पूर्वाधार विकास कि ऋणको जाल ?
भेरीगगा ६ र ७ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा नगरपालिका वडा नम्बर ८ र ९ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा वडा नम्बर ३ र ४ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
दलित पत्रकार संघको आयोजनामा जानकी बाँकेमा बह्त रक्तदान कार्यक्रम सम्पन्न
चलचित्र लाली बजार प्रतिबन्ध र निर्मातालाई कारवाहीको माग




प्रतिकृया दिनुहोस