लेकबेशीको नेटामा संचालित पुरुष भलिबल र साँस्कृतिक कार्यक्रम सम्पन्न
लेकबेशी, कात्तिक २५ - सुर्खेतको लेकवेशी नगरपालिका वडा नम्बर ५ नेटा डाडागाँउमा एतिहासिक डाँडागाउँ खेलकुद तथा साँस्कृतिक मेलाको अवसर पारि संचालन भएको खुला वडास्तरिय पुरुष भलिबल प्रतियोगिता र बृहत साँस्कृतिक कार्यक्रम सोमबार सम्पन्न भएको छ । लेकवेशी नगरपालिका वडा नम्बर ५ नेटा वडा कार्यलय र नगरपालिकाको आर्थिक सहयोगमा मेला व्यवस्थापन समितिका अध्यक्ष प्रेमजङ्ग शाहीको सभाअध्यक्षमा, लेकवेशी नगरपालिका नगर प्रमुख उमेश कुमार पौडेलको प्रमुख अतिथि, नगर उपप्रमुख बिमला खड्लुक र वडाअध्यक्ष चक्र बहादुर शाहीको अतिथिमा सम्पन्न भएको हो ।
परम्परागत रुपमा संचालन हुँदै आएको एतिहासिक डाडागाउँ साँस्कृतिक मेला कात्तिक २२ गतेदेखी २५ गतेसम्म संचालन भएको थियो । एतिहासिक डाडागाउँ खेलकुद तथा साँस्कृतिक मेलाको अबसरमा संचालन भएको खुला वडास्तरीय भलिबल प्रतियोगितामा १५ टिम सहभागी भएको आयोजकले बताएको छ । सहभागी भलिबल टिममध्ये लेकवेशी नगरपालिका ९ चौरासे बिजेता र गुभाकोट १३ उपबिजेता भएको वडाअध्यक्ष चक्रबहादुर शाहिले बताउनुभयो । बिजेता खेलाडी टिम लाई ३०,००० हजार र उपबिजेता खेलाडि टिमलाई २०,००० पुरुस्कार र प्रमाणपत्र बितरण गरिएको वडाअध्यक्ष शाहीले बताउनु भयो । एतिहासिक रुपमा संचालन भएको एतिहासिक डाडागाउँ सास्कृतिक मेलामा आबाजको धनी लोकगायक धनराज चुनारा, चर्चित मोडल तथा डान्सर जानकी पुन मगर, हिरा रसाईली र सृष्टि बुढा मगर, लेकवेशी ४ गमखोला नरेन्द्र हमालको सिंगारु नाच र स्थानीय प्रस्तुति बेजोड रुपमा बृहत प्रदशन रहेको थियो । प्रत्येक वर्ष हिन्दुर्धलम्विहरुको महान पर्व विजया दशमी र शुभ दिपावली सकिय लगत्तै आउने पुर्णिमाको चारौ तिथी अर्थात चौथीमा संचालन हुने विभिन्न धर्मसंकार रितीरिवाजमा आधारित रहेर विभिन्न पञ्चेबाजा, सारङ्गी नाच, विभिन्न संघसंस्था क्लवहरुको मौलिक नाच लगायत विभिन्न कलाकर्मीहरुको पहिचान र प्रर्दशन गरी मनाईने एतिहासिक साँस्कृतिक डाडागाउँ मेला विगत दुई वर्षअघि स्थगन भएको थियो भने दुई वर्षयता संचालन हुदै आएको छ । गत वर्षको भन्दा यो बर्ष डाडागाउँ मेलाको पहिचान झल्कने गरी हजारौ दर्सक हरुको सहभागी रहेको थियो ।
आगमी वर्षमा मेलालाई अझै थप व्यवस्थीत गरी संचालन गर्नका लागी सबैले सहयोग गर्नुपर्ने आवश्यक र नयाँ युवा पुस्ताहरुले आगामी वर्षहरुमा मेलालाई व्यवस्थीत गर्दै लैजान आवश्यक रहेको लेकवेशी नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष चक्र बहादुर शाहीले भन्नुभयो । मेलाको साँस्कृतिक तथा औपचारिक कार्यक्रम मिडियाकर्मी दिपक बराल मगरले संचालन गर्नुभएको थियो । साउन्ड सिस्टमको व्यवस्थापन भेरिगंगा रामघाट पुनज डिजे टेन्ट हाउसका संचालक पुनम रास्कोटी मगरले गर्नुभएको थियो । मेलालाई भव्यताका साथमा संचालन र सफल बनाउनको लागि वडा कार्यलयको टिम र अस्थाई प्रहरी चौकी नेटाका ईन्चार्ज कुबेर शाहीको टिमले बिशेश सहजीकरण गरेको थियो ।
भर्खरै
कालिका लघुवित्त छिन्चु शाखाद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग
नेपालमा वैदेशिक ऋण पूर्वाधार विकास कि ऋणको जाल ?
भेरीगगा ६ र ७ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा नगरपालिका वडा नम्बर ८ र ९ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा वडा नम्बर ३ र ४ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
दलित पत्रकार संघको आयोजनामा जानकी बाँकेमा बह्त रक्तदान कार्यक्रम सम्पन्न
चलचित्र लाली बजार प्रतिबन्ध र निर्मातालाई कारवाहीको माग




प्रतिकृया दिनुहोस