Live

चलचित्र मैझारोको उत्कृष्ट अभिनयमा देखिदै भेरीगंगाका सुवास सिँह ठकुरी

सुर्खेत, कार्तिक ३- विशेष अपेक्षा र पर्खाईमा रहेको नेपाली चलचित्र मैझारो आगामी कार्तिक ७ गते भाईटिकाको भोलिपल्टबाट देशभरका सिनेमा घरमा लाग्दै छ । विल्सन बिक्रम राई (तक्मे बुढा) लेखन निर्देशनमा निर्माण गरिएको मैझारो चलचित्रमा सुर्खेत भेरीगंगा ११ रामघाट निवासी चलचित्रकर्मी तथा कलाकार सुवाससिँह ठकुरीको समेत उत्कृष्ट अभिनय र भूमिकामा हेर्न, देख्न पाईने भएको छ । यो बर्षको उत्कृष्ट र दर्शकहरुले अपेक्षा गरेको यस चलचित्रमा भेरीगंगाका ठकुरीको भुमिका र अभिनय उत्कृष्टसगै दर्शकलाई हलमा आकर्षण गर्ने अपेक्षा गरिएको छ ।

चलचित्रमा चिबे उपनाम र खलपात्रको भूमिका निभाएका ठकुरीले यो चलचित्रबाट आफ्नो विगतको सिनेमामा देखिएको व्यङ्ग, हास्य र सामान्य अभिनयभन्दा शसक्त र पृथकशैलीमा पाउन सकिने उहाँको भनाई छ । मैझारो चलचित्र कार्तिक ७ गतेबाट सुर्खेत वीरेन्द्रनगरस्थित लक्ष्मी चलचित्रमा समेत प्रदर्शनीमा आउने छ । चलचित्रमा कलाकारहरु ठकुरीसंगै तक्मेबुढा, सुनिलकुमार थापा, कविता आले लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । नेपाली चलचित्रमा उदयमान, बहुप्रतिभावान र जल्दोबल्दो कलाकारका रुपमा स्थापित भएका चलचित्रकर्मी ठकुरीले कार्तिक ७ गतेबाट आफ्नो चलचित्रलाई सिनेमा घरसम्म गई हेरेर प्रशंसा, मूल्यांकन र हौसला प्रदान गरिदिन अनुरोध गर्नुभएको छ । यसअघि ठकुरीद्धारा अभिनित नेपाली चलचित्र “रियाल रिंगेट” साउन १६ गतेदेखि देशभर प्रदर्शनीमा आएको थियो । “रियाल रिंगेट” मा ठकुरीले दीपकको भूमिकामा देखिएका थिए । कलाकार ठकुरीले अभियन गरेको “जनै हराएको मान्छे” चलचित्र गएको भदौ ६ गतेदेखि प्रदर्शनमा आएको थियो । चलचित्र मैझारोमा उनी कलाकार तक्मे बुढा अर्थात वल्सियम विक्रम राईसंगै भुमिकामा देखिदै छन् । विगत दुई बर्षदेखि म्युजिक भिडियोमा अभिनय गर्दै आएका भेरीगंगा रामघाटमा ठकुरीले पहिलो पाईला टेकेको ठुलो पर्दाको यसअघिका नेपाली चलचित्रबाट नाम र तारिफ कमाईरहेका थिए ।

ठकुरीले सुर्खेतस्थित ईग्ररबिज हुँदै, उषा बालबाटिकाबाट कक्षा १२ उर्तीण गरि काठमाण्डौस्थित एभरेष्ट फिल्म एकेडेमीबाट  कलाकारिता अध्ययन गरेका थिए । उनले यसअघि “घरबाट जा निस्केर भन्छ छोराले” म्युजिक भिडियो र  “लैजा मलाई ” भिडियो म्युजिकमा अभिनय गरिसकेका छन् । उनी अहिले काठमाण्डौमा बसेर चलचित्र र म्युजिक भिडियोमा कलाकार, नृत्यकार र मोडल भई काम गरिरहेका छन् । कलाकारिता र  अभिनयमा विगत ५ बर्षदेखि लागेपनि उनी चलचित्रको ठुलो पर्दामा भने एक बर्षदेखि व्यस्त छन् । 
 

प्रतिकृया दिनुहोस
↑