नेपालगन्ज प्रादेशिक महोेत्सवमा चर्चित गायक कमल बिसीले दर्शक नचाए
नेपालगन्ज, माघ १५- प्रादेशिक महोत्सव २०८१ को छैटौं दिन मंगलबार चर्चित लोकदोहोरी गायक कमल बिसी माल्दाईको धमकादार प्रस्तुतीमा दर्शकहरु नाँचेका छन् । पछिल्लो बर्षमा चर्चाको शिखरमा लोकदोहोरी गायनमा फरक प्रस्तुती दिदै आएका गायक विसीले आज नेपालगन्ज महोत्सवमा दर्शक नचाए । उनका आधा दर्जन चर्चित गीतमा हजारौ दर्शक झुमेका थिए । मेलाको सुरुमा गायक कमल बिसी माल्दाइ डोरी बाटेर गीत गाउँदै स्टेज उक्लिएका थिए ।
उनले झन्डै आधा दर्जन गीतहरू गाएर दर्शकहरुलाई झुमाएका थिए । यस्तै गायिका एलिना चौहान लगायतका कलाकारहरुले बेजोड प्रस्तुति रहेको थियो । गायिका एलिना चौहान, गायक कमल बिसी माल्दाइ, डान्सर तथा मोडल रुबिना अधिकारी, गायक राज कुश्मी लगायतका कलाकारहरु महोत्सवमा आएका थिए । स्थानीय कलाकारहरुको प्रस्तुति सकिएलगत्तै राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिएका थिए । कमलको प्रस्तुति सकिएपछि डान्सर रुविना अधिकारीले पनि आधा दर्जन गीतमा आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन् । त्यस्तै, मंगलबारको हट केक मानिएकी गायिका एलिना चौहानको प्रस्तुतिमा त दर्शकहरु अति नै झुमेका थिए । उनले ‘यो भाग्यमा खोट छु... धोकेबाज..., कट्टा हान्दिन्छु...मिनरल वाटर..लगायतका लोकप्रिय गीत गाउँदा दर्शकहरुले पनिसँगै गाएर नाच्दै साथ दिएका थिए ।
राष्ट्रिय कलाकारहरुको रुपमा अन्तिम प्रस्तुति चाहिँ चर्चित थारु गायक राज कुश्मी स्टेज उक्लिएका थिए । उनले पनि आफ्ना चर्चित गीतहरू गाएर मनोरञ्जन प्रदान गरेका थिए । उनले झन्डै डेढ घण्टा आफ्नो प्रस्तुति दिएका थिए ।
भर्खरै
कालिका लघुवित्त छिन्चु शाखाद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग
नेपालमा वैदेशिक ऋण पूर्वाधार विकास कि ऋणको जाल ?
भेरीगगा ६ र ७ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा नगरपालिका वडा नम्बर ८ र ९ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा वडा नम्बर ३ र ४ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
दलित पत्रकार संघको आयोजनामा जानकी बाँकेमा बह्त रक्तदान कार्यक्रम सम्पन्न
चलचित्र लाली बजार प्रतिबन्ध र निर्मातालाई कारवाहीको माग




प्रतिकृया दिनुहोस