Live

खरिगैरा मेला कार्तिक ३० गते र मंसिर १ गते लाग्दै

सुर्खेत, कार्तिक २६ - गुर्भाकोट नगरपालिका वडा नम्बर २ स्थित जनज्ञान भण्डार माबि कोटखोलाको प्राङ्गणमा बिगत देखि लाग्दै आएको ऐतिहासिक खरिगैरा मेला यस बर्ष कार्तिक शुक्ल पुर्णीमा अर्थात कार्तिक ३० गते र मंसिर १ गते लाग्ने भएको छ । “कला र सस्कृतीको हाम्रो पहिचान, संरक्षण र सम्बर्द्धनका लागि मालारानी को अभियान” भन्ने उद्देश्यका साथै खरिगैरा ऐतिहासिक मेला समितिको आयोजना , गुर्भाकोट नगरपालिका वडा नम्बर २ र माबी कोटखोलाको समन्वय एवं युवा जागरण तथा सशक्तीकरणको प्रायोजनमा मेला सुरु हुन लागेको हो ।

मेलामा स्थानीय कृषि उत्पादनको प्रदर्शनी लोक सस्कृती झ्याउरे, टप्पा सोरठी, कुर्कुटी लगाएत स्थानीय कलाको स्व प्रदर्शनी, पुरुष खुल्ला भलिबल प्रतियोगिता लगाएत ऐतिहासिक मालारानी गुफाको अवलोकनका लागि व्यवस्था भएको मेला सचिवालय समितीले जानकारी दिएको छ । ऐतिहासिक खरिगैरा मेला वि.स २०२८ साल देखि सोही स्थानमा आफ्नै परम्परागत रुपमा लाग्दै आइरहेको र यस मेलाले टाढा टाढा भएका इष्टमित्रहरु सङ्ग भेटघाट गराउने भएकाले यस मेला पनि एक महत्त्वपूर्ण चाडपर्वको रुपमा सञ्चालन हुँदै आएको स्थानिय सालिकराम पौडेलले बताउनु भयो । साथै ऐतिहासिक खरिगैरा मेलालाई अबका दिनमा महोत्सवको तरिकाले सञ्चालन गरि यस स्थानको पहिचान गराइ यसै स्थानको आर्थिक उन्नति बढाउन सकिने समेत उहाँको भनाई छ । मेला सञ्चालन गर्न नीति नियम उद्देश्य र व्यवस्थित तरिकाले शान्ती सुरक्षा अपनाउदै स्वयमसेवक परिचालन गरि सम्पन्न गर्न मेला समितिलाई वडा अध्यक्ष नोख बहादुर वलिले आग्रह गर्नु भएको छ ।

यसै गरि विद्यालयको प्राङ्गणमा मेला लाग्ने भएकाले विद्यालय भित्रका भौतिक संरचना टुटफुट नहुने र हरित कार्यका लागि लगाइएका विरुवाहरुको कुनै पनि असर नहुने गरि मेला संचालन र सप्पन्न गर्न मेला समितीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश डिसिले आग्रह गर्नु भएको छ ।

प्रतिकृया दिनुहोस
↑