Live

कोहलपुर महोत्सवको तेस्रो दिन कलाकारको भव्य प्रस्तुती

कोहलपुर, पुष ११-प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव –  २०८१ कोहलपुरको दोस्रो दिन हजारौले अवलोकन गरेका छन् । दर्शकहरुको उल्लेख्य सहभागिता रहेको बिहिबार महोत्सवमा शान्त रानी परियार,  कमल  खत्री, गिरिस क्षेत्री, खेम भगोरिया र कमल बिसी माल्दाईले प्रस्तुती राखेका थिए । प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एस्पो–२०८१) पुष ८ गतेबाछ सुरु भएको छ । नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा (एस्पो–२०८१) सुरु भएको हो ।

गएको मंगलबार एक औपचारिक समारोहका बीच लुम्बिनी प्रदेश सरकारका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपने दीप प्रज्वलन गरेर एक्पोका उद्घाटन गरेका थिए । आदीवासी जनजाति संग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो । मेलामा करिब २५० वटा व्यापारिक स्टल तथा २० वटा होटल स्टल रहेका छन् । स्टल तथा प्रयोजक व्यवस्थापन संयोजक हेमन्त पुनका अनुसार स्टलबाट प्रदेशभरका व्यवसायीहरुले मनग्य लाभ लिनेछन् । महोत्सवका मुख्य आकर्षकका रुपमा राजस्थानबाट ल्याइएका दुईवटा उँट, दुई वटा हात्ती र रसियन कलाकारहरु रहेका छन् । यस्तै,महोत्सवमा बालउद्यान,कृषि प्रर्दशनी,व्यापारी स्टलहरु,हात्ती सफारी,उँट प्रर्दशनी,कराते,र उस्सु खेल प्रर्दशनपनि आकर्षणका रुपमा रहेका छन् । साथै मगर खाना परिकार,गुरुङ खाना परिकार,थारु परिकार,नेवार खाना परिकारका साथै अन्य जातीय खाना परिकारहरुको प्रर्दशनी गरिनुका सार्थै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको वेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

श्री भावना एम्युजमेन्ट प्रा.लि.ले व्यवस्थापन गरेको महोत्वसमा भोली शुक्रबार लोक तथा दोहोरी गायिका पूर्णकला बिसी, सोनु कुश्मी, विष्णु सिँजालीमगर, हास्यकलाकार शिवशंकर रिजाल जागेन्द्र, सुरेन्द्र केसी मुगा साग र डिजराज पौडेल सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ । महोत्सवमा ६७ जना भन्दा धेरै राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुति रहने कला सांस्कृति समितिका संयोजक ईन्द्रबहादुर गुरुङले जानकारी दिए । ‘विश्वभरी फलिएका हामी जनजाति हामी आदीवासी,जोगाइ राखौ भेषभुषा भाषा सस्कृति’ भन्ने मुलका सुरु भएको महोत्सव यही पुस १७ गतेसम्म सञ्चालन हुनेछ ।
 

प्रतिकृया दिनुहोस
↑