भेरीगंगा रामघाटका सुवाषसिँह ठकुरी नेपाली फिल्मी क्षेत्रमा जम्दै
सुर्खेत, साउन १६- साउन १६ गतेदेखि देशभर नेपाली चलचित्र “रियाल रिंगेट” प्रदर्शनीमा आएसंगै सुर्खेत भेरीगंगा ११ रामघाट जन्मिएर काठमाण्डौमा कलाकारीतालाई कर्म क्षेत्र बनाएका सुवाषसिँह ठकुरी चर्चामा छन् । चलचित्र प्रदर्शनीमा आएको पहिलो दिनमै २६ बर्षीय ठकुरीको अभिनय, भुमिका, शसक्त कलाले दर्शकलाई लोभ्याएको छ । एक बर्षदेखि म्युजिक भिडियोमा अभिनय गर्दै आएका भेरीगंगा रामघाटमा सुवाषसिँह ठकुरीले पहिलो पाईला टेकेको ठुलो पर्दाको नेपाली चलचित्रबाट नाम र तारिफ कमाईरहेका छन् ।
चलचित्र हेर्ने दर्शकले कर्णालीको माटोले जन्माएको प्रतिभा भन्दै उनको अभिनयको प्रशसा गरिरहेका छन् । प्रदर्शनमा आएको चलचित्र “रियाल रिंगेट” मा सुर्खेतका होनहार अभिनेता सुबाषसिंह ठकुरीले दीपकको भूमिकामा देखिएका छन् । चलचित्र हेरेपछि धेरैको भनाई छः “एक साधारण कर्णाली परिवारका असाधारण कथा बोकेको पात्र ।” चलचित्रकर्मीहरूबाट प्रशंसा बटुल्दै सुबाषले कर्णालीको पहिचानलाई नेपाली सिनेमामा गर्वका साथ उभ्याएका छन् यतिबेला सामाजिक संजालमा उनका बारेमा यस्ता तिप्पणी भैइैरहेका छन् । यीनै सुर्खेत भेरीगंगाका कलाकार ठकुरीले अभियन गरेको जनै हराएको मान्छे चलचित्र समेत भदौ ६ गतेदेखि प्रदर्शनमा आउँदै छ । दशै अगाडी संचालनमा आउने तयारी रहेको नेपाली चलचित्र मैझारोमा उनले कलाकार तक्मे बुढा अर्थात वल्सियम विक्रम राईसंगै भुमिकामा देखिदै छन् । विगत ५ बर्षदेखि नेपाली कला र कर्ममा समर्पित सुभाष सिंह ठकुरीलाई उज्ज्वल भविष्यको कामना गर्दै कर्णाली तिमीमा गर्व गर्छ भन्दै प्रतिक्रिया आईरहेको छ । उनकै शसक्त अभिनयकै कारण पहिलो दिनमा रियाल रिङ्गेट चलचित्र हेर्न लक्ष्मी चलचित्र मन्दीर सुर्खेतमा उपस्थितीको भीड देखिएको छ । सुवास सिँह ठकुरीको स्थायी बसोबास र घर भेरीगंगा ११ रामघाट हो ।
उनले अध्ययन सुर्खेतस्थित ईग्ररबिज हुँदै, उषा बालबालिकाबाट कक्षा १२ उर्तीण गरि काठमाण्डौस्थित एभरेष्ट कलेजबाट १८ महिने कलाकारिता अध्ययन गरेका थिए । उनले यसअघि “घरबाट जा निस्केर भन्छ छोराले” म्युजिक भिडियो र “लैजा मलाई ” भिडियो म्युजिकमा अभिनय गरिसकेका छन् । उनी अहिले काठमाण्डौमा बसेर चलचित्र र म्युजिक भिडियोमा कलाकार, नृत्यकार र मोडल भई काम गरिरहेका छन् । कलाकारिता र अभिनयमा विगत ५ बर्षदेखि लागेपनि उनी चलचित्रको ठुलो पर्दामा भने एक बर्षदेखि व्यस्त छन् ।
भर्खरै
कालिका लघुवित्त छिन्चु शाखाद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग
नेपालमा वैदेशिक ऋण पूर्वाधार विकास कि ऋणको जाल ?
भेरीगगा ६ र ७ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा नगरपालिका वडा नम्बर ८ र ९ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा वडा नम्बर ३ र ४ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
दलित पत्रकार संघको आयोजनामा जानकी बाँकेमा बह्त रक्तदान कार्यक्रम सम्पन्न
चलचित्र लाली बजार प्रतिबन्ध र निर्मातालाई कारवाहीको माग




प्रतिकृया दिनुहोस