Live

धनराज चुनारा र मञ्जु लावतीको ‘बेनिघाटैमा’ गीत सार्वजनिक


सुर्खेत, बैशाख १३-लोकदोहोरीका चर्चित गायक धनराज चुनारा र गायिका मञ्जु लावतीको स्वर रहेको ‘बेनिघाटैमा’ लोक गीत सार्वजनिक भएको छ । चुनारा र लावतीको सुमधुर स्वरमा सजिएको नयाँ नेपाली डान्सिङ गीत ‘बेनिघाटैमा’ युटियुबमा भिडियोसहित सार्वजनिक भएको हो ।

गीत सार्वजनिकसंगै युटियुब र टिकटकमा सर्वाधिक रुचाएको छ । टिकटकमा ‘बेनिघाटैमा’ बोलमा भिडियो बनाउने युवायुवतीको फ्लोर बढेको हो । गीतको शब्द, स्वर, संगीत र म्युजिकको ताल उत्कृष्ट पाएको छ । गीतमा सुप्रिम राज विश्वकर्माको शब्द तथा संगीत रहेको छ । कुमार सानु पुनले संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ कुशलतापूर्वक सम्हालेका छन् । यो गीत शङ्करा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो भने सागर पुन रेकर्डिस्टको भूमिकामा छन् । गीतको आकर्षक भिडियो मञ्जु लावति यूट्युव च्यानलबाट सार्वजनिक गरिएको छ, जसमा सुरेश कोहली र निशु शिर्पालीले उत्कृष्ट नृत्य तथा अभिनय गरेका छन् ।

कमल भक्तको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोलाई सुनिल भण्डारी र उनको टिमले कलात्मक ढंगले छायांकन गरेको छ । कबिन खड्काले मेकअप आर्टिस्ट तथा ड्रोन अपरेटरको जिम्मेवारी निभाएका छन् भने भिडियोको भिजुअल सम्पादन तथा रङ संयोजन असिम चन्द्र विश्वकर्माले गरेका छन् । डान्सिङ बिटको यो गीतले दर्शक तथा स्रोताको मन जित्ने अपेक्षा निर्माण टिमले लिएको छ । युटियुबका सर्वाधिक खोजीको गीत बनेको छ । 

प्रतिकृया दिनुहोस
↑