गुर्भाकोट नगरद्धारा तीन स्थानीय बजारमा ‘खुला व्यायाम स्थल’ संचालन
गुर्भाकोट, असाार ४- पुर्वी सुर्खेतमा पहिलो पटक गुर्भाकोट नगरपालिकाले नगरबासीका लागि ‘खुला व्यायाम स्थल’ संचालन ल्याएको छ ।
मेहेलकुना बजारको शुभघाट मेलास्थल खुल्ला चौरमाा पहिलो पटक नगरपालिकाले खुल्ला जिम संचालनमा ल्याएको हो । गुर्भाकोट नगरपालिकाले स्थानीय जनताको स्वास्थ्य सुधार र सक्रिय जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले ऐतिहासिक कदम चालेको दावी गरिएकोा छ । नगर प्रमुख हस्त पुनको अगुवाइमा हालसालै पहिलो पटक तीन स्थानमा आधुनिक खुला व्यायाम स्थल निर्माण गरिएको छ । नगरपालिकाले मेहेलकुनाको खैरिनी, गुमीको शिवनगर, र बोटेचौरको पाटीहाल्नामा खुला व्यायाम सामग्रीहरू जडान भइसकेका छन् । यी ठाउँहरूमा बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले सजिलै र सुरक्षित रूपमा व्यायाम गर्न सक्ने वातावरण सिर्जना गरिएको छ । बिहान बेलुकाको समयमा व्यायाम गर्नेहरुको उपस्थिति बढ्दै गइरहेको ।
जसले यस अभियानले समुदायमा सकारात्मक प्रभाव पारिरहेको स्थानीयले बताए । गुर्भाकोट नगरपालिकाले यो अभियानलाई दीर्घकालीन योजनाका रूपमा अगाडि बढाउने तयारी गरिरहेको छ । व्यायाम स्थललाई सार्वजनिक सम्पत्तिको रूपमा सम्मान गर्न र सही तरिकाले प्रयोग गर्न सबैलाई आग्रह गरिएको छ ।
भर्खरै
कालिका लघुवित्त छिन्चु शाखाद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग
नेपालमा वैदेशिक ऋण पूर्वाधार विकास कि ऋणको जाल ?
भेरीगगा ६ र ७ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा नगरपालिका वडा नम्बर ८ र ९ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा वडा नम्बर ३ र ४ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
दलित पत्रकार संघको आयोजनामा जानकी बाँकेमा बह्त रक्तदान कार्यक्रम सम्पन्न
चलचित्र लाली बजार प्रतिबन्ध र निर्मातालाई कारवाहीको माग




प्रतिकृया दिनुहोस