सुर्खेतका उत्कृष्ट कृषकमा भेरीगंगाका विनोद शर्मा र अञ्जना बुढा सम्मानित
भेरीगंगा, असार ३१ -सुर्खेत जिल्लाका उत्कृष्ट कृषक २०८२ मा भेरीगंगाका विनोद शर्मा र अञ्जना बुढा सम्मानित भएका छन् । सुर्खेत जिल्लाका उत्कृष्ट तीन जनालाई कृषकलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट पुरुस्कृत गरिएको हो ।
मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार ३० हजार राशीको प्रथम पुरुस्कारबाट भेरीगंगा नगरपालिका–८ मा केरा खेती गरिरहेका ८ विनोद शर्मा, २५ हजार राशीको द्वितीय पुरुस्कार वीरेन्द्रनगर नगरपालिका–१३ मेवा ड्रागन खेती गरिहेकका ललितप्रसाद लामिछाने र २० हजार राशीको तृतीय पुरस्कर भेरीगंगा नगरपालिका–१० मा तरकारी खेती तथा पशुपन्छी पालन गरिरहेका अञ्जना बुढालाई प्रदान गरिएको हो । कृषि पेशामा लागेर राम्रो काम गरेकोमा तीन जना कृषकलाई पुरुस्कृत गरिएको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ । पुरुस्कार वितरण कार्यक्रममा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद शाहले धनराशी थोरै भएपने प्रेरणा, अनुकरणिय हुन्छ, त्यसैले पुरस्कृत गरेको बताए । ‘धेरै अन्न दाता कर्म भूमीमा खटिदा पनि आवश्कता अनुसारको उत्पादन बढाउन सकेका छैनौं,’ उनले भने,‘यस्तो कार्यक्रमले अरुलाई पनि कृषिमा संलग्न हुने प्रेरणा जाग्छ ।’जुनसुकै क्षेत्रको मानिसलाई पनि खाद्य आवश्यक भएकाले महत्वपूर्ण क्षेत्र कृषि क्षेत्र रहेको र जो यो क्षेत्रमा संलग्न हुन्छ, समर्पित भै, देशको विकासमा टेवा पु¥याउँछ त्यस्तो क्षेत्रलाई सम्मानित बनाउनु आवश्यक रहेको मन्त्री शाहले बताए । ‘कृषि क्षेत्रको योगदान राष्ट्रिय पूँजीमा धेरै छ । कृषिको व्यवसायिकरण गरे मात्र सबै किसानलाई जोड्न सकिन्छ । यसमा कृषि मन्त्रालय लागेको छ,’ उनले भने,‘हाम्रो तर्फबाट जे जति गर्नु पर्ने हो हामी सबैसँग जोडिएर गर्न चाहन्छौं । सरकार र कृषक इमान्दार भएर समर्पित हुनु ¥यो ।
अनुदान सदुपयोग गर्न लाग्नु पर्ने र वास्तविक किसानले भन्दा विचौलियाले अनुदान प्राप्त गर्छ भन्ने हल्ला छ त्यसमा गम्भीर ध्यान दिनु पर्नेछ । यस्ता हल्ला चिर्न हामीले इमानदारीपुर्णक लिने र दिने पक्ष लाग्नु पर्नेछ ।’कर्णालीलाइ भिन्न प्रकृतिले घेरेको र असाध्यै सुन्दर हावापानी रहेको मन्त्री शाहले बताए ।
भर्खरै
कालिका लघुवित्त छिन्चु शाखाद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग
नेपालमा वैदेशिक ऋण पूर्वाधार विकास कि ऋणको जाल ?
भेरीगगा ६ र ७ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा नगरपालिका वडा नम्बर ८ र ९ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा वडा नम्बर ३ र ४ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
दलित पत्रकार संघको आयोजनामा जानकी बाँकेमा बह्त रक्तदान कार्यक्रम सम्पन्न
चलचित्र लाली बजार प्रतिबन्ध र निर्मातालाई कारवाहीको माग




प्रतिकृया दिनुहोस