भूमि समस्या समाधान आयोगको निर्णय सच्याउन भेरीगंगा नगरपालिकामा डेलिगेशन
भेरीगंगा, असार २० - भूमि सम्वन्धी डेलिगेशन मैनतडाबाट आएको टोलीले भेरीगंगा नगरपालिकाका नगर प्रमुख मेयर यज्ञप्रसाद ढकालसँग भेट गरेको छ । संघीय सरकारले गरेको भू–उपयोग नीतिमा सबै जमिनलाई एउटै डालोमा हालेर १० बर्षसम्म जग्गा बेचविखन गर्न नपाउने आयोगको निर्णयको विरोध गरिएको छ ।
अघिल्लो आयोगले फिल्ड बुक कायम भएको श्रेस्ता कायम हुन बाँकी जग्गा किनबेच गर्न मिल्ने बनाएको तर अहिले बनेको भूमि सम्वन्धी समस्या समाधान आयोगले दिएको पूर्जा किन बेचविखन र बैंकिङ् कारोवारो गर्न किन नमिल्ने प्रश्न गर्दै यसलाई सच्याउन पहल गरिदिन टोलीले अनुरोध गरेको छ । अनुसूची २ बाट प्राप्त लालपूर्जा बेचविखन गर्न दिनुपर्ने उनीहरूको माग छ । डेलिगेशनमा आएका टोलीहरुको मागलाई केन्द्र सरकारसम्म पु¥याउने नगरप्रमुख ढकालले प्रतिवद्धता जनाए । उनले पालिकाले सच्याउनु पर्ने र थप निर्णय गर्नुपर्ने भए छलफल गरेर सच्याउने बताए ।
अहिलेको भू उपयोग नीतिमा ५ देखि १० प्रतिशतसम्म मात्र राजस्व लाग्नेगरि राजस्व घटेको उनको भनाइ छ । भेरीगंगा नगरपालिका वडा नं ८ का पूर्व वडा अध्यक्ष पदमबहादुर खत्रीसहितको टोलीले भूमि सम्वन्धी समस्या र समाधानका लागि भेटेको भेटमा सहभागी जेबी बिश्वकर्माले बताए ।
भर्खरै
कालिका लघुवित्त छिन्चु शाखाद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग
नेपालमा वैदेशिक ऋण पूर्वाधार विकास कि ऋणको जाल ?
भेरीगगा ६ र ७ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा नगरपालिका वडा नम्बर ८ र ९ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा वडा नम्बर ३ र ४ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
दलित पत्रकार संघको आयोजनामा जानकी बाँकेमा बह्त रक्तदान कार्यक्रम सम्पन्न
चलचित्र लाली बजार प्रतिबन्ध र निर्मातालाई कारवाहीको माग


.jpeg)

प्रतिकृया दिनुहोस