Live

गुर्भाकोट ८ र ९ वडाका दुई माविमा कानुनी सचेतना कार्यक्रम सम्पन्न

गुर्भाकोट, फागुन २१-गुर्भाकोट नगरपालिका वडा नम्बर ८ र ९ वडाभित्र रहेका दुई मावि विद्यालयहरुमा विद्यार्थी केन्द्रित कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । गुर्भाकोट न्यायिक समितिको आर्थिक सहयोग, डोल्मा स्मृति सामुदायिक पुस्तकालयको आयोजना र रेडियो बिजी एफएमको सहजीकरणमा बुधबार नम्बर ८ रु ९ वडाका दुई वटा माविमा कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको हो । वडा नम्बर ९ को सहारेस्थित जनसेवा मावि र वडा नम्बर ८ मेहेलकुनास्थित सूर्यज्योति माविमा कानुनी सचेतना कार्यक्रमको संचालन गरिएको हो ।

कानुनी सचेतना कार्यक्रममा कानुनी व्यवसायी तथा वकिल कृष्ण सेरलाले विद्यार्थीहरुलाई बालविवाह, बहुविवाह, साईबर अपराध, लागुऔषध दुव्र्यसनी, मानव बेचबिखन, विभेद, जर्वजस्तीकरणी लगायतका विषयमा कानुनी जानकारी दिनुभयो । यस्तै नगरपालिका न्यायिक समिति सदस्य तथा कार्यपालिका सदस्य चितेन्द्र विकले गुर्भाकोट नगरपालिकाभित्र भैईरहेका कानुनी मुद्धा, विवाद र कानुनी जटिलताका विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रम श्री सूर्यज्योति माविका सहायक प्रअ नवराज शर्मा, जनसेवा माविका प्रअ भिमबहादुर खत्री, सहायक प्रअ रामबहादुर मल्ल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष किरण वली, शिक्षक अविभावक संघ अध्यक्ष युवराज ज्ञवालीको सहभागीता रहेको थियो । कार्यक्रममा वडाका जनप्रतिनिधीको समेत उपस्थिती रहेको थियो । गुर्भाकोट नगरकार्यपालिको कार्यालय, शुभाघाट सुर्खेतस्थित न्यायिक समिति शाखाको आर्थिक सहयोग, डोल्मा स्मृति सामुदायिक पुस्तकालयको आयोजना र रेडियो बिजी एफएमको सहजीकरणमा यस विद्यालयमा कक्षा ८,९ र १० का छात्रछात्राहरु लक्षित कानुनी सचेतना कार्यक्रम संचालन भएको हो ।

कक्षा ८, ९ र १० कक्षाका छात्रछात्राहरुलाई बालविवाह, बहुविवाह, लागुऔषध दुव्यर्सनी तथा कारोवार, बलात्कार मुद्धा, बालबलिका, महिला हिँसा, साईबर अपराध र मानव बेचबिखनदेखि फौजदारी संहिता, देवानी मुद्धा  विषयमा कानुनी व्यवसायी तथा कानुन विज्ञबाट प्रशिक्षण गरिएको थियो ।  

प्रतिकृया दिनुहोस
↑