डुडुवाद्वारा किसानलाई अनुदानमा धानको बीउ वितरण शुरु
डुडुवा, १३ जेठ -डुडुवा गाउँपालिकाले किसानहरुलाई धानको बीउ वितरण शुरु गरेको छ । यस वर्षदेखि पालिका आफैले वीउ तयार गरेर वितरण सुरु गरेको हो । धानको मूल बीउ उत्पादन गरी पालिकाले उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको थियो । समुह र सहकारी गरी जम्मा १४ वटा सहकारीलाई ५० प्रतिशत अनुदानमा धानको वीउ विक्री गरिएको पालिकाका कृषि शाखा प्रमुख सुशील कुमार शर्माले बताउनुभयो ।
उहाँका अनुसार १२० क्विन्टल उन्नत जातको र ८० क्विन्टल मूल वीउ किसानलाई सहकारी समुहमार्फत किसानलाई अनुदानमा वितरण गरिएको हो । ८० क्विन्टल मूल वीउलाई किसानले लगाएपछि पालिकाले समय–समयमा प्राविधिकबाट परिक्षण गराई उत्पादनका आधारमा थप मुल वीउ किसानसंग पालिकाले खरिद गरि प्रशोधन तथा भण्डारण गर्ने कृषि शाखा प्रमुख शर्माले बताउनुभयो । धान खेतीका लागि २५ सय ८० हेक्टर क्षेत्रफल रहेको डुडुवामा यो वर्षको वीउले १४ सय हेक्टर क्षेत्रफललाई मात्र पुग्नेछ । यो वर्षदेखि वीउ भण्डारण शुरु गरेको डुडुवाले विस्तारै वीउ उत्पादनमा बृद्धि गरिने पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । पहिलो पटक धानको बीउ तयार गरेको पालिकाले यसवर्षदेखि गहुँको बीउ पनि प्रशोधन गर्ने तयारी गरेको छ । करिब दुई सय क्विन्टल गहँु खरिद गर्ने लक्ष्य लिएइकोले किसानका मागका आधारमा थप वृद्धि गर्दै जाने कृषि शाखा प्रमुख शर्माले बताउनुभयो । उहाँले अहिले गहँु बालीको प्राविधिकमार्फत ल्याब परिक्षण गर्ने कार्य भईरहेको बताउनुभयो । किसानलाई पालिकाले आफैँले बीउ वितरण गरेपछि कृषि उत्पादनमा वृद्धि हुने, अन्यत्र खोज्न जान नपर्नेलगायत सुविधा भएको छ । डुडुवामा करिब ९० प्रतिशत किसान खेतीपातीमा निर्भर रहेकोले पालिकाले किसानको सहजताका लागि बीउ उत्पादन गरी घरसम्म पु¥याउने लक्ष्यका साथ विशेष कार्यक्रम ल्याएको अध्यक्ष चौधरीले बताउनुभयो ।
उहाँले बीउमा आत्मनिर्भर बनाउने रणनीति अनुसार बीउ भण्डारण तथा प्रशोधनका लागि अत्याधुनिक प्रशोधन प्लान्ट जडान गरी सञ्चालनमा ल्याइएको बताउनुभयो । डुडुवाले आगामी दिनमा सबै कृषि बालीको बीउ उत्पादन तथा भण्डारण कार्य गर्ने कृषि शाखाले जनाएको छ । बीउ उत्पादनलाई प्रशोधन र बजारीकरणका लागि डुडुवा–२ स्थित सात सय मेट्रिक टन क्षमताको भण्डारण केन्द्र स्थापना गरिएको छ ।
भर्खरै
कालिका लघुवित्त छिन्चु शाखाद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग
नेपालमा वैदेशिक ऋण पूर्वाधार विकास कि ऋणको जाल ?
भेरीगगा ६ र ७ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा नगरपालिका वडा नम्बर ८ र ९ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा वडा नम्बर ३ र ४ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
दलित पत्रकार संघको आयोजनामा जानकी बाँकेमा बह्त रक्तदान कार्यक्रम सम्पन्न
चलचित्र लाली बजार प्रतिबन्ध र निर्मातालाई कारवाहीको माग


.jpeg)

प्रतिकृया दिनुहोस