Live

गुर्भाकोट ८ को सुन्दरनगरमा सिचाइको लागि डिपबोरिङ्ग

गुर्भाकोट, बैशाख १४-गुर्भाकोट ८ को सुन्दरनगरमा सिचाइको लागि डिपबोरिङ्ग खन्न सूरु भएको छ । वडाको सुन्दरनगरमा कृषि सिँचाईका लागि डिपबोरिङ्ग बन्न सूरु भएको हो ।

नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काको विशेष पहलमा ,गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनको समन्वयमा महाकाली सिचाइ व्यवस्थापन कार्यालय महेन्द्रनगर कंचनपुरबाट बजेट व्यवस्थापन गरि वडाको सुन्दरनगर कृषि क्षेत्रमा सिचाइको लागि डिपबोरिङ्ग कार्य जडान भैईरहेको वडा नम्बर ८ का वडाअध्यक्ष किरणकुमार विकले जानकारी दिनुभयो । डिपबोरिङ्गको अनुगमन गर्दै कामको प्रगति भैईरहेको विकको भनाई छ ।

यस सिचाइ योजनाबाट कृषि कार्यका लागि थप उत्साहित तथा आशावादी स्थानीयबासी बनेका छन् ।

प्रतिकृया दिनुहोस
↑