Live

अपाङ्गगता सस्था र जनप्रतिनिधी भेटघाट सम्पन्न

भेरीगंगा, फागुन १०-अपाङ्गता भएका आदिवासी जनजातीका लागि अनुसन्धान र बिकास केन्द्र बिरेन्द्रनगर –९,सुर्खेतको आयोजनामा भेरीगंगा ६ र ७ वडाका जनप्रतिनिधीसंग अन्तरक्रिया भएको छ ।  

सस्थाको (परिचयात्मक) अन्तरकृया तथा भेटघाट  कार्यक्रम भेरीगंगा ६ को वडा कार्यालयमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा भेरीगंगा वडा नम्बर ,६,७,८र ९ वडाका अध्यक्ष लगायत जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा सस्थाका अध्यक्ष प्रथमा श्रेष्ठलेले सस्थाको  परिचयसंगै सस्थाले गर्ने गतिविधिहरु बारे जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रमको संचालन सस्थाकी सचिब संगीता बरालले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता सस्थाकी अध्यक्ष प्रथमा श्रेष्ठले गर्नु भएको थियो ।  

कार्यक्रममा जनज्योति मावि विद्यालय शिक्षकको समेत सहभागीता रहेको थियो । 

प्रतिकृया दिनुहोस
↑