गुर्भाकोट ९ र १० वडाका माविमा कानुनी सचेतना कार्यक्रम सम्पन्न
गुर्भाकोट, फागुन १८ -गुर्भाकोट नगरपालिका वडा नम्बर ९ र १० वडाभित्र रहेका मावि विद्यालयहरुमा विद्यार्थी केन्द्रित कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । गुर्भाकोट न्यायिक समितिको आर्थिक सहयोग, डोल्मा स्मृति सामुदायिक पुस्तकालयको आयोजना र रेडियो बिजी एफएमको सहजीकरणमा आईतबार वडा नम्बर ९ र १० वडाका दुई वटा माविमा कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
वडा नम्बर ९ को बोटेचौरस्थित श्री सरस्वती माविमा आईतबार कानुनी सचेतना कार्यक्रमको उद्घाटन गरिएको थियो । गुर्भाकोट नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक मैना विकले कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दै उपमेयर विकले यस कार्यक्रमबाट कक्षा ८, ९ र १० का विद्यार्थीलाई आवश्यक र जान्नै पर्ने कानुनी विषयमा जानकारी र ज्ञान हुने बताउनुभयो । बोटेचौरस्थित सरस्वती मावि र वडा नम्बर १० को दहचौरस्थित श्री भेरी माविका कक्षा ८,९ र १० का विद्यार्थी केन्द्रित कानुनी सचेतना कार्यक्रम भएको हो । कानुनी सचेतना कार्यक्रममा कानुनी व्यवसायी तथा वकिल कृष्ण सेरलाले विद्यार्थीहरुलाई बालविवाह, बहुविवाह, साईबर अपराध, लागुऔषध दुव्र्यसनी, मानव बेचबिखन, विभेद, जर्वजस्तीकरणी लगायतका विषयमा कानुनी जानकारी दिनुभयो । यस्तै नगरपालिका न्यायिक समिति सदस्य तथा कार्यपालिका सदस्य चितेन्द्र विकले गुर्भाकोट नगरपालिकाभित्र भैईरहेका कानुनी मुद्धा, विवाद र कानुनी जटिलताका विषयमा जानकारी गराउनु भएको थियो । यस्तै सहभागी विद्यार्थीलाई गुर्भाकोट नगरपालिका न्यायिक समिति व्यवस्थापक लोकेन्द्र वलीले न्यायिक समितिमा आउने कानुनी विवाद, मुद्धाका विषयमा चर्चा गर्नुभएको थियो । कार्यक्रम श्री सरस्वती माविका प्रअ जगन्नाथ पौडेल, भेरी माविका प्रअ चन्द्रबहादुर वलीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वडा नम्बर ९ का काव.वडाअध्यक्ष डम्मर घर्ती र वडा नम्बर १० का काव. वडाअध्यक्ष रुद्धत्रहादुर खत्रीको उपस्थिती रहेको थियो ।
गुर्भाकोट नगरकार्यपालिको कार्यालय, शुभाघाट सुर्खेतस्थित न्यायिक समिति शाखाको आर्थिक सहयोग, डोल्मा स्मृति सामुदायिक पुस्तकालयको आयोजना र रेडियो बिजी एफएमको सहजीकरणमा यस विद्यालयमा कक्षा ८,९ र १० का छात्रछात्राहरु लक्षित कानुनी सचेतना कार्यक्रम संचालन भएको हो । कक्षा ८, ९ र १० कक्षाका छात्रछात्राहरुलाई बालविवाह, बहुविवाह, लागुऔषध दुव्यर्सनी तथा कारोवार, बलात्कार मुद्धा, बालबलिका, महिला हिँसा, साईबर अपराध र मानव बेचबिखनदेखि फौजदारी संहिता, देवानी मुद्धा विषयमा कानुनी व्यवसायी तथा कानुन विज्ञबाट प्रशिक्षण गरिएको थियो ।
भर्खरै
कालिका लघुवित्त छिन्चु शाखाद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग
नेपालमा वैदेशिक ऋण पूर्वाधार विकास कि ऋणको जाल ?
भेरीगगा ६ र ७ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा नगरपालिका वडा नम्बर ८ र ९ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा वडा नम्बर ३ र ४ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
दलित पत्रकार संघको आयोजनामा जानकी बाँकेमा बह्त रक्तदान कार्यक्रम सम्पन्न
चलचित्र लाली बजार प्रतिबन्ध र निर्मातालाई कारवाहीको माग




प्रतिकृया दिनुहोस