Live

गुर्भाकोट ५ मा जैविक विषादी तालिम सम्पन्न

गुर्भाकोट, फागुन ९-गुर्भाकोट ५ मा रहेका कृषकहरुलाई जैविक विषादी तालिम प्रदान गरिएको छ ।

गुर्भाकोट नगरपालिका वडा नम्बर ५, कोशिघाटका करिब २५ जना कृषकहरुलाई २ दिने जैविक विषादी सम्बन्धि तालिम दिएको हो । तालिममा झोलमल सम्बन्धि प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको थियो ।

उक्त तालिममा सहभागी कृषकहरुलाई १०० ली. ड्रम, ई.एम, हजारी, स्प्रे ट्यांकी जस्ता आवश्यक सामग्री वितरण गरिएको थियो । 

 

प्रतिकृया दिनुहोस
↑