Live

भारतको लदाकमा भेरीगंगा १० का सुनारको मृत्यु

भेरीगंगा, बैशाख २६- भारत पाकिस्तान युद्ध भैईरहेको जम्मु कश्मिर प्रदेशको लदाकमा भेरीगंगा सुर्खेतका एक युवकको मृत्यु भएको छ । भारत चीन सीमामा पर्ने स्थानमना कामको शिलशीलामा गएका एक नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भेरीगंगा वडा नम्बर १० निवासी ३६ बर्षीय झगबहादुर सुनार  रहेका छन् । सुनारको बैशाख २४ गते राती सुतेको स्थानमा मृत फेला परेका उनीसंगै लदाक पुगेका मृतक सुनारका मामा नरबहादुर सुनारले जानकारी दिए । उनी एक महिना अघि मात्रै भेरीगंगाबाट मजदुरीका लागि  भारतको जम्मु कश्मिर प्रदेशको लदाक पुगेका थिए । भारत पाकिस्तान युद्ध सूरु भएको दिनमै उनको एक्कासी मृत्यु भएको हो । चिसो र श्वासप्रश्वास समस्याका कारणा सुनारको मृत्यु भएको हुन सक्ने बताएको छ । सुनारको बैशाख २५ गते बिहिबार नै भारतमा पोष्टमार्टम गरिएको छ ।

युद्धले लदाक क्षेत्रमा जहाज र गाडी बन्द भएका कारण सुनारकोा शव नेपााल ल्याउन नसकिएको हो । बुधबार नै उनको पोष्टमार्टम गरिएको थियो । मृतक सुनारका श्रीमती, २ छोरी र २ छोरा रहेका छन् । 
 

प्रतिकृया दिनुहोस
↑