काश्मिर आंतकवाद हमालाको राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीद्धारा दुःख व्यक्त
सुर्खेत, बैशाख १३ -राष्ट्रपति रामचन्द्र पौडेले सामाजिक सत्र्जाल मार्फत जम्मु कश्मिरको आतंकवादी आक्रमणको प्रति दुःख व्यक्त गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘भारतको पहलगाममा भएको आतंकवादी हमलामा निर्दोष नागरिकहरूको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु ।’ साथै उनले भनेका छन्, ‘निरपराध मानिसहरूलाई लक्षित गर्दै गरिने यस्ता हिंसात्मक कार्यहरू अत्यन्तै निन्दनीय छन् र कडाभन्दा कडा शब्दमा भत्र्सना गर्नुपर्छ ।’
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीद्धाराजम्मुकश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणको प्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले पनि पहलगाम आक्रमणको निन्दा गर्दै आतंकवाद विरुद्ध नेपाल भारतको साथमा रहेको जनाएका छन् । उनले पनि सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘पहलगाममा भएको आतंकवादी हमलाका पीडितहरूप्रति गहिरो समवेदना । नेपाल भारतको साथमा दृढतापूर्वक उभिएको छ र आतंकवादका कुनै पनि र सबै कार्यहरूको कडा निन्दा गर्दछ ।’
यस्तै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले काश्मिरको पाहलगममा भएको आतङ्ककारी हमलाप्रति दुःख व्यक्त गरेकी छिन् । मन्त्री डा. राणाले सो क्रुर हमलाबाट आफू अत्यन्त दुःखी र मर्माहत भएको बताईन् । मन्त्री डा. राणाले सो अमानवीय कार्यको कडा शब्दमा निन्दा गर्दै यो कठिन समयमा पीडित र उनीहरुका परिवारप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिन् । उनले यस दुःखको घडीमा भारत सरकार र भारतीय जनतासँग नेपाल दृढ एकताका साथ उभिएको पनि बताईन् । गत मंगलबार जम्मुकश्मिरको पहलगामको बैसारन भन्ने ठाउँमा पर्यटकहरुलाई लक्षित गरी आतंकवादी आक्रमण हुँदा नेपालीसहित कम्तिमा २७ जना मारिएका थिए । भारतको कश्मिरस्थित पाहलगममा भएको आतङ्ककारी हमलाप्रति अन्य राजनैतिक दलहरुले विरोध र विज्ञप्ती निकालेका छैनन् । यस्तै नेपालका नागरिक समाज, धार्मिक संघसस्थाबाहेक अन्य तहबाट विरोध, विज्ञप्ती आउन सकेको छैन् ।
भर्खरै
कालिका लघुवित्त छिन्चु शाखाद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग
नेपालमा वैदेशिक ऋण पूर्वाधार विकास कि ऋणको जाल ?
भेरीगगा ६ र ७ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा नगरपालिका वडा नम्बर ८ र ९ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा वडा नम्बर ३ र ४ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
दलित पत्रकार संघको आयोजनामा जानकी बाँकेमा बह्त रक्तदान कार्यक्रम सम्पन्न
चलचित्र लाली बजार प्रतिबन्ध र निर्मातालाई कारवाहीको माग


प्रतिकृया दिनुहोस