गुर्भाकोट ६ मा सिचाइ कुलो निर्माण योजनामा धमाधम निर्माण
गुर्भाकोट, चैत १०-गुर्भाकोट ६ मा दर्जनौ सिचाइ कुलो निर्माण योजनामा धमाध निर्माण सूरु भएको छ । गुर्भाकोट नगरपालिकाको वडा नम्बर ६ मा वडा अध्यक्ष गोबिन्द वलीको कार्यकालमा कृषि र सिचाइ क्षेत्रमा उल्लेख्य परिवर्तन देखापरेको छ ।
मुख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत निग्लेनी कुर्मी–मोगारे क्षेत्रलाई समेटेर कार्यान्वयन गरिएको सिचाइ कुलो निर्माण योजना सफलतापूर्वक सम्पन्न भएर अनुगमन समेत भएको छ । उक्त सिचाई बाट मोगारेका करिब ५० घरपरिवार लाभान्वित हुने अनुमान गरिईको छ । उपलब्ध कठिनाईहरूका बाबजुद, धेरै टाढा बाट ढुङ्गा, गिट्टी र बालुवा जुटाएर योजना कार्यान्वयन गर्न उपभोक्त समिति र सबै उपभोक्ताको साहस र लगनशीलताको उच्च प्रशंसा गरिएको छ । वडा अध्यक्ष गोबिन्द वलीले भन्नुभयो,“नजिकैको सहास आट गर्ने उपभोक्त समिति र सम्पूर्ण उपभोक्ताहरूको अथक मेहनत र लगानीले यो बिकट ठाउँमा समेत योजना सम्पन्न गर्न सकियो । उहाँहरूको यस प्रयासले हामीलाई भविष्यमा यस्तो स्थानमा पुनः बजेट सजिलै मिल्ने आशा भएको छ।” यसैबीच, उपभोक्त समितिका अध्यक्ष टोप बहादुर गिरिले पनि योजनाको सफलता र यसका महत्वपूर्ण योगदानलाई उजागर गर्दै, सम्पूर्ण उपभोक्तहरूलाई आगामी दिनहरूमा यस्तै मेहनत र लगनशीलताका साथ काम गर्न विनम्र अनुरोध व्यक्त गरे ।
वडाअध्यक्ष वलीको यो पहलले सिचाइ लगायत कृषि क्षेत्रमा आएको परिवर्तनलाई दर्शाउँछ र स्थानीय समुदायमा स्वरोजगार र समृद्धिको नयाँ आयाम खोल्ने अपेक्षा गरिएको छ ।
भर्खरै
कालिका लघुवित्त छिन्चु शाखाद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग
नेपालमा वैदेशिक ऋण पूर्वाधार विकास कि ऋणको जाल ?
भेरीगगा ६ र ७ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा नगरपालिका वडा नम्बर ८ र ९ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
भेरीगगा वडा नम्बर ३ र ४ को बार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
दलित पत्रकार संघको आयोजनामा जानकी बाँकेमा बह्त रक्तदान कार्यक्रम सम्पन्न
चलचित्र लाली बजार प्रतिबन्ध र निर्मातालाई कारवाहीको माग
.png)
.jpeg)


प्रतिकृया दिनुहोस