Live

जनसेवा मावि सहारेका जग्गादाता सम्मानित

गुर्भाकोट, फागुन २३ -गुर्भाकोट ९ र ४ वडाको बिचभागमा अवस्थित श्र िजनसेवा मावि सहारेकोे स्थापनाका जग्गा दाताहरुलाई वडा कार्यालय र विद्यालयले सम्मान गरेको छ ।

विदालय र वडाको संयुक्त आयोजनामा बिहिबार एक कार्यक्रमको आयोजनासहित जग्गा दाता पिम बहादुर बिष्ट २८ रोपनी ३ आना सहअयोग वापत सम्मान गरिएको हो । यस्तै स्वर्गीय गंग ब शाह, स्व चन्द्र बहादुर शाह, स्व डम्बर बहादुर शाह, स्व हर्क बहादुर शाह, त्रिजङ्ग शाहबाट ११ रोपनी ५ आना जग्गा दान दिएको हुँदा उहाँहरुको घरपरिवारलाई हार्दिक बधाई सहित सम्मान गरिएको वडाअध्यक्ष रामबहादुर डाङ्गीले बताउनुभयो ।

उनीहरुले २०१७ सालमा सहारेको बिधालयलाई जग्गा दिएका थिए ।

प्रतिकृया दिनुहोस
↑